यू-१९ विश्वकपमा चलेन गुल्सनकाे ब्याट: ५ खेलमा बनाए २५ रन – Nepal Press

यू-१९ विश्वकपमा चलेन गुल्सनकाे ब्याट: ५ खेलमा बनाए २५ रन

काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत सुपर सिक्सको अन्तिम खेलमा भारतसँग नेपाल १३२ रनले पराजित भएको छ । भारतले दिएको २९८ रनको विशाल लक्ष्य पछ्याएको नेपाल निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन मात्र बनाउन सक्यो नेपालका लागि ब्याटिङ सम्झनलायक रहेन । सुरुवात राम्रै पाएपनि मध्यम क्रममा ब्याटिङ नचल्दा नेपालको ब्याटिङ धरासायी बनेको थियो ।

यस संस्करणको यू–१९ विश्वकप क्रिकेटमा भारत सेमिफाइलनमा प्रवेश गर्दा नेपाल भने घर फर्किएको छ । नेपालले यो विश्वकपमा ५ खेल खेल्यो । ५ खेलमा एक खेलमा जित हासिल गर्दा केही खेलाडीबाहेक खेलाडी प्रदर्शन भने सम्झन लायक रहेन ।

सिनियर टोलीबाट खेलिसकेका गुल्सन झाको प्रदर्शन सम्झन लायक भएन । सिनियर टोलीबाट अनुभव बटुलिसकेका गुल्सन यु–१९ टोलीमा ल्याउदा सन्तुलित हुने बताइएको थियो । तर, विश्वकपभरि नै उनको प्रदर्शन राम्रो हुन सकेन । गुल्सनको बलिङ र ब्याटिङ भने हालसम्मकै खराब रह्यो । ५ खेलमा उनीले कुल २५ रन बनाए । ५ खेलमा उनको उच्च स्कोर १८ रन छ ।

उनले पाकिस्तानविरुद्ध १८ रन बनाएका थिए । पहिलो खेलमा न्यूजिल्यान्डविरुद्ध २ रन बनाएका गुल्सनले न्यूजिल्यान्डविरुद्ध १८ रन बनाएका थिए । बंगलादेशविरुद्ध ३ रन बनाएका गुल्सनले अफगानिस्तान र भारतविरुद्ध एक रन बनाएर आउट भए । बलिङमा पनि उनले खासै चमत्कार गर्न सकेनन् । उनले ५ खेलमा ६ विकेट लिए । भारतविरुद्ध ३, न्यूजिल्यान्डविरुद्ध २, अफगानिस्तानविरुद्ध १ विकेट लिँदा पाकिस्तान र बंगलादेशविरुद्ध विकेट विहीन रहे ।

विश्वकप अघि भएको अनौपचारिक वार्मअप खेलमा गुल्सनले १ सय १४ रनको शतकीय इनिङ खेलेका थिए । सिनियर टोलीबाट समेत गुल्सनले राम्रो प्रदर्शन गर्दै आएका थिए ।


प्रतिक्रिया

One thought on “यू-१९ विश्वकपमा चलेन गुल्सनकाे ब्याट: ५ खेलमा बनाए २५ रन

  1. खेलकुद मन्त्रालय माओवादीका भरौटे भर्ना गर्ने अखडा भएको छ । खेलाडीलाई राज्यको न सहयोग छ न हौसला । अनि कसरी जित्छन् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *