भारतविरुद्ध संकटमा नेपाल, २९ रन अन्तरमा ७ ब्याटर आउट – Nepal Press

भारतविरुद्ध संकटमा नेपाल, २९ रन अन्तरमा ७ ब्याटर आउट

काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत सुपर सिक्सको खेलमा भारतविरुद्ध नेपालले खराब प्रदर्शन गरेको छ ।

भारतले दिएको २९८ रनको विशाल लक्ष्य पछ्याएको नेपालले खराब प्रदर्शन गरेको छ । ७७ रन जोड्दा नेपालले शीर्ष ७ ब्याटरलाई गुमाइसकेको छ । सुरुआत मध्यम गरेको नेपालले त्यसपछि लगातार विकेट गुमाउँदा संकटमा परेको हो ।

नेपालका लागि दीपक बोहरा र अर्जुन कुमालले पहिलो विकेटका लागि ४८ रनको साझेदारी गरेका थिए । तर, त्यसपछि २९ रन जोड्दा नेपालले ७ विकेट गुमाएको छ । नेपालका ओपनर दीपक २२ र अर्जुन २६ रन बनाएर आउट भए । त्यसपछि आएका ब्याटर क्रिजमा टिक्नै सकेनन् । उत्तम थापामगर ८, विशालविक्रम केसी १ र दीपक डुम्रे शुन्य रनमा आउट भए । गुल्सन झा १, दीपेश कँडेल शुन्य रनमा पभेलियन फर्किए ।

नेपालले २९ ओभरको खेल सकिदा ७ विकेट गुमाएर ८९ रन बनाएको छ । नेपालको क्रिजमा कप्तान देव खनाल र सुभाष भण्डारी छन् । कप्तान खनालले नेपालको इनिङ सम्हान्ल कोसिस गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *