नेपाललाई पहिलो झट्का, दीपक बोहरा आउट – Nepal Press

नेपाललाई पहिलो झट्का, दीपक बोहरा आउट

काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत भारतविरुद्ध नेपाललाई पहिलो झट्का लागेको छ । नेपालको पहिलो विकेटको रुपमा दीपक बोहरा २२ रन बनाएर आउट भएका हुन् । उनी १४औं ओभरको दोस्रो बलमा राज लिम्बानीको हातबाट क्याच आउट भएका हुन् ।

नेपालले १४ ओभरमा १ विकेट गुमाएर ५२ रन बनाएको छ । नेपालका अर्जुन कुमाल १९ र उत्तम मगर १ रन बनाएर खेलिरहेका छन् ।

यसअघि दक्षिण अफ्रिकाको मंगउड ओभल मैदानमा नेपालविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २९७ रन बनाएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *