यू-१९ विश्वकप : सुपर सिक्समा नेपालको भिडन्त भारत र बंगलादेशसँग – Nepal Press

यू-१९ विश्वकप : सुपर सिक्समा नेपालको भिडन्त भारत र बंगलादेशसँग

काठमाडौं । नेपाल दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्समा पुगेको छ । समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई एक विकेटले पराजित गर्दै नेपाल सुपर सिक्समा प्रवेश गरेको हो ।

अफगानिस्तानले दिएको १ यस ४६ रनको लक्ष्य नेपालले ४४ ओभरमा ४ बलमा ९ विकेट गुमाएर पूरा ग¥यो । नेपालका लागि कप्तान देव खनाल र आकाश चन्द नायक बने ।

समूह डि मा रहेको नेपाल २ हार र एक जितसहित २ अंकसहित तेस्रो स्थानमा रहँदै सुपर सिक्समा पुगेको हो । उक्त समूहबाट नेपालसहित पाकिस्तान र न्यूजिल्यान्ड यसअघि नै सुपर सिक्समा स्थान पक्का गरेका छन् । शनिबार हुने पाकिस्तान र न्यूजिल्यान्डबिचको खेलबाट समूह विजेता, उपविजेताको टुंगो लाग्नेछ ।

यो विश्वकपमा नेपालसहित ४ समूहका ३–३ गरी १२ टिम सुपर सिक्समा पुग्नेछन् । सुपर सिक्समा समूह ए र डी अर्थात समूह बि र सीमा रहेका टिमहरु बिच प्रतिस्पर्धा हुनेछ । नेपाल रहेको समूह डी ले सुपुर सिक्समा समूह ए का राष्ट्रसँग प्रतिस्पर्धा गर्नेछन् । समूह ए मा भारत, बंगलादेश, आयरल्याण्ड र अमेरिका छन् । उक्त समूहबाट भारत र बंगलादेश सुपर सिक्स खेल्नेछन् । तेस्रो टोलीको टुंगो शनिबार हुने खेलले लाग्नेछ ।

सुपर सिक्समा समूह ए को विजेताले समूह डिको दोस्रो र तेस्रो टिमसँग खेल्नेछ । उपविजेता हुने टिमले अर्को समूहको पहिलो र तेस्रो अर्थात समूह चरणमा तेस्रो हुने टिमले सुपर सिक्समा अर्को समूहको पहिलो र दोस्रो टिमसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल समूह डी बाट तेस्रो टिमको रुपमा सुपर सिक्समा प्रवेश गरेको हो ।

नेपालले सुपर सिक्स समूह ए को विजेता र उपविजेतासँग प्रतिस्पर्धा गर्नेछ । समूह ए बाट भारत र बंगलादेश विजेता र उपविजेताका रुपमा सुपर सिक्समा प्रवेश गरेका हुन् । यी टिममध्ये विजेता, उपविजेताको छिनोफानो शनिबारको खेलले हुनेछ ।

यसर्थ नेपालले सुपर सिक्समा भारत र बंगलादेशको सामना गर्नेछ । नेपालले सुपर सिक्सको पहिलो खेल जनवरी ३१ मा समूह ए को उपविजेता र फेब्रुअरी २ मा समूह विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *