कप्तान देव खनालले पूरा गरे अर्धशतक, नेपाल अझै छैन संकटमुक्त – Nepal Press

कप्तान देव खनालले पूरा गरे अर्धशतक, नेपाल अझै छैन संकटमुक्त

काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप क्रिकेटको पहिलो चरणको आफ्नो अन्तिम खेलमा अफगानिस्तानसँग भिडिरहेको नेपालका लागि कप्तान देव खनालले अर्धसतक पुरा गरेका छन् ।

ज्ञ४६ रनको लक्ष्य पाएको नेपालले ३२ ओभरमा ६ विकेट गुमाएर ११५ रन जोडेको छ । कप्तान देव खनाल ५१ रनमा खेल्दैछन् ।

नेपाललाई जीतका लागि अब १८ ओभरमा ३१ रन चाहिएको छ । ७३ रनमा तीन विकेटको अवस्थामा रहेको नेपालले थप १८ रन जोड्दा अन्य ३ विकेट पनि गुमाएको थियो ।

दोस्रो चरण पुग्न दुवै टोलीलाई यो खेल जित्नैपर्ने हुन्छ ।

नेपालका अर्जुन कुमाल १० र आकाश त्रिपाटी १६ रन जोडेर आउट भए । गुल्सन झा १, विपीन रावल २ र दीपक डुम्रेले ५ रन बनाए । दीपेश कँडेल ४ रन जोडेर आउट भए ।

चौथो नम्बरमा ब्याटिङमा आएका देवले चौथो विकेटका लागि आकाश त्रिपाठीसँग ४९ रनको साझेदारी गरेका थिए । ९१ रनमा ६ विकेट गुमाएको नेपालका लागि उनले अहिले दीपक बोहरासँग गतिलो साझेदारी गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर