राष्ट्रियसभा निर्वाचन: सुदूरपश्चिम र कोशीमा मतगणना सुरु – Nepal Press

राष्ट्रियसभा निर्वाचन: सुदूरपश्चिम र कोशीमा मतगणना सुरु

कैलाली । सुदूरपश्चिम प्रदेशमा भएको राष्ट्रियसभा निर्वाचनको मतगणना सुरु भएको छ । सहायक निर्वाचन अधिकृत प्रेम भट्टले मतगणना सुरु भएको जानकारी दिए ।

५३ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा एक जनाको निधन भएपछि अहिले ५२ जना छन् । उनीहरु सबैले मतदान गरेका छन् ।

त्यस्तै स्थानीय तहका १७६ जनप्रतिनिधिमध्ये एक जनाको निधन भएको थियो । १७५ जनामध्ये धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल र भजनीका उपमेयर राजु तिरुवाले मतदान गरेनन् ।

यहाँ तीन पदका लागि ६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । मतगणनादगत्तै परिणाम सार्वजनिक हुने भट्टले बताए ।

कोशीमा २ घण्टापछि परिणाम आउने

सहायक निर्वाचन अधिकृत हेमबहादुर बुढाथोकीले मतगणना सुरु भएको दुई घन्टापछि कोशी प्रदेशबाट परिणाम आइसक्ने बताएका छन् । कोशीमा ३ जना स्थानीय तहका प्रतिनिधिबाहेक सबैले मतदान गरेका छन् ।

मतदान नगर्नेहरूमा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ, मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार मतदानमा अनुपस्थित भए ।

यस्तै झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाह निलम्बित छन् । उनलाई यसअघि नै भ्रष्टाचारको मुद्दा लागेको छ । प्रदेशसभामा रहेका ९३ जना नै प्रदेशसभा सांसदले मतदान गरेका छन् ।

कोशी प्रदेशमा अन्य १ जना र महिला १ जनाका लागि चार जना उम्मेदवार चुनावी मैदानमा छन् । जसमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र माओवादीबाट चम्पा कार्की उम्मेदवार छन् भने एमाले–राप्रपा गठबन्धनबाट एमालेकी रुक्मिणी कोइराला र राप्रपाका उद्धव पौडेल उम्मेदवार छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर