बार्सिलोना ला लिगाको तेस्रो स्थानमा उक्लियो – Nepal Press

बार्सिलोना ला लिगाको तेस्रो स्थानमा उक्लियो

काठमाडौं । बार्सिलोनाका स्टार खेलाडी फेरान टोरेसले ह्याट्रिक गरेपछि स्पेनिस ला लिगा अन्तर्गत रियल बेटिसमाथि बार्सिलोनाले ४–२ अन्तरको जित हासिल गरेको छ ।

टोरेसले खेलको २१ औँ मिनेटमा गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए । ४८औं मिनेटमा उनले नै व्यक्तिगत दोस्रो गोल गरे । निकै रोमाञ्चक प्रतिस्पर्धामा खेलमा एक समय बोटिस खेलमा फर्किएको थियो ।

बोटिसमा स्टार खेलाडी इस्कोले दुई गोल गर्दै बार्सिलोनामाथि दबाब कायम गरेका थिए । तर खेलको ९०औं मिनेटमा फेलिक्सले गोल गर्दै बार्सिलोनालाई जिततर्फ अग्रसर गराएका थिए ।

इन्जुरी समयमा बार्सिलोनाको लागि टोरेसले पुन गोल गर्दै ह्याट्रिक गर्न सफल बन्दा खेल बार्सिलोनाले ४–२ ले जित निकाल्न सफल भयो । जितपछि बार्सा तस्रो स्थानमा उक्लियो । लिगमा ५२ अंक सहित जिरोना पहिलो स्थानमा रहँदा ५१ अंकसहित रियल म्याड्रिट दोस्रो स्थानमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *