न्यूजिल्यान्डविरुद्ध संकटमा नेपाल, १०० रन बनाउँदा ५ विकेट गुमायो – Nepal Press

न्यूजिल्यान्डविरुद्ध संकटमा नेपाल, १०० रन बनाउँदा ५ विकेट गुमायो

काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत न्यूजिल्यान्डविरुद्धको पहिलो खेलमा नेपालले खराब प्रदर्शन गरेको छ । न्यूजिल्यान्डले दिएको ३०३ रनको लक्ष्य पछ्याएको नेपालले १०० रन पूरा गर्दा ५ विकेट गुमाएको छ ।

नेपालले कप्तान देव खनालसहित गुल्सन झा, उत्तम मगर, आकाश त्रिपाठी र दीपक बोहरालाई गुमाइसकेको छ । खनाल ३६, त्रिपाठी २, गुल्सन २, उत्तम र दीपक शून्य रनमा आउट भए ।

अहिले नेपालका लागि अर्जुन कुमाल ४५ र दीपक बोहरा ५ रन बनाएर खेलिरहेका छन् । नेपालले २२ ओभर २ बलमा ५ विकेट गुमाउँदै १११ रन बनाएको छ । यसअघि दक्षिण अफ्रिकाको बफेलो पार्क क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको न्यूजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३०२ रन बनाएको थियो

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *