न्यूजिल्यान्डलाई विशाल स्कोरबाट रोक्ने नेपालको प्रयास, गुल्शनले लगातार बलमा लिए २ विकेट – Nepal Press

न्यूजिल्यान्डलाई विशाल स्कोरबाट रोक्ने नेपालको प्रयास, गुल्शनले लगातार बलमा लिए २ विकेट

काठमाडौं । यू १९ विश्वकप क्रिकेट अन्तरगतको पहिलो खेलमा नेपालविरुद्ध न्यूजिल्याण्ड ठूलो स्कोरतर्फ लम्केको छ । स्नेहिद रेड्डी र ओस्कार ज्याक्सनले विशाल सतकीय साझेदारी गर्दै न्यूजिल्यान्डलाई बलियो स्थितिमा पुर्याएका छन् ।

नेपालले न्यूजिल्यान्डका तीन विकेट छिट्टै हात पार्न सफल भए पनि यी दुई व्याट्सम्यानले धैर्यतापूर्वक खेल्दै न्यूजिल्यान्डलाई खेलमा फर्काउन सफल भए । ६७ रनमा तीन विकेट गुमाएको अवस्थाबाट उनीहरुले ४१।५ ओभरमा २२४ रनको स्थितिमा पुर्याएका छन् । कप्तान ज्याक्सन ७५ रनको निजी स्कोरमा आउट भए । उनले ८१ बलमा ५ छक्का र ३ चौका प्रहार गरेका थिए ।

ज्याक्सन लगत्तै न्यूजिल्यान्डले थप दुई विकेट गुमाएको छ । पाचौं विकेटका रुपमा लच्लन स्टाकपोललाई गुल्शन झाले आउट गरे । लगातार बलमा उनले ज्याक कुमिन्सको पनि विकेट लिए । गुल्शन ह्याट्रिकबाट भने चुकेका छन् ।

एकातर्फ विकेट झरिरहँदा अर्को इन्डमा ब्याट्सम्यान रेड्डी डटेर खेलिरहेका छन् । उनी शतकतर्फ लम्केका छन् । यो समाचार बनाउँदासम्म उनले ९९ बलमा २ छक्का र ७ चौका सहित ९१ रन जोडेका छन् । रेड्डी र ज्याक्सनको जोडी आकाश त्रिपाठीले तोड्न सफल भए ।

यसअघि सुवास भण्डारी, तिलक भण्डारी र दिपेश कँडेलले १–१ विकेट लिँदै न्यूजिल्यान्डलाई दवावमा पारेका थिए । यो समाचार बनाउँदासम्म न्यूजिल्यान्डले ४३ ओभरमा ६ विकेट क्षतिमा २३० रन जोडेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *