नेपाल प्रेस समाचार प्रभाव: ट्रायलमा आफ्नै साधन पनि प्रयोग गर्न दिन यातायात मन्त्री राणाको निर्देशन – Nepal Press

नेपाल प्रेस समाचार प्रभाव: ट्रायलमा आफ्नै साधन पनि प्रयोग गर्न दिन यातायात मन्त्री राणाको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्थामन्त्री रोज राणाले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिने क्रममा ट्रायल दिने क्रममा परीक्षार्थीलाई आफ्नै साधन पनि प्रयोग गर्न दिन निर्देशन दिएका छन् ।

आफ्नै साधन लगेकासँग पनि दाङको ट्रायल सेन्टरमा जुम कन्स्ट्रक्सन एण्ड ईन्जिनियरिङ पोखराले जबरजस्ती २१५ रूपैयाँ असुल्दै आएको समाचार नेपाल प्रेसले सार्वजनिक गरेको थियो ।

समाचार सार्वजनिक भएपछि मन्त्री राणाले सचिव उमेश ढुंगाना, यातायात कार्यालयका प्रमुखहरुलाई मन्त्रालयमा ट्रायलका क्रममा परीक्षार्थीलाई आफ्नै साधन भएकालाई सोही साधन प्रयोग गर्न निर्देशन दिएका हुन् ।

याे पनि पढ्नुस् : दाङको ट्रायल सेन्टरमा यस्ताे छ लहरेको लुट

चालक अनुमतिपत्र लिने क्रममा परीक्षार्थीले इच्छा अनुसार सवारी साधन ट्रायलका क्रममा प्रयोग गर्न पाउनुपर्ने माग उठेका बेला मन्त्री राणाले सर्वसाधारणलाई सहज हुने गरेर सवारी चालक अनुमति पत्र दिने व्यवस्था मिलाउन भनेका हुन् । उनले छिटो र सहज तरिकाले चालक अनमुति पत्र दिन कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

मन्त्री थापाले भने, ‘चालक अनमति पत्र लिने क्रममा ट्रायल दिँदा परीक्षार्थीलाई स्वेच्छाले सवारी साधन प्रयोग गर्न दिन निर्देशन दिएको छु । सचिवसहित कर्मचारीहरुलाई के के निर्णय गर्नुपर्छ ? के के तयारी गर्नुपर्छ ? गर्नुस् भनेको छु । सेवाग्राहीलाई सहज हुने गरेर परिणाम दिनेगरि काम गर्न भनेको छु ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर