जसपाले बोलायो केन्द्रीय समिति बैठक – Nepal Press

जसपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रीय राजनीतिक समितिको बैठक बोलाएको छ ।

पुस २५ र २६ गते ललितपुरको ज्यापु प्रज्ञा भवनमा बस्नेगरी बैठक बोलाएको जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए । उनका अनुसार बैठक बुधबार बिहान ११ बजे सुरु हुनेछ ।

बैठकमा राजनीतिक एवं सङ्गठनात्मक प्रतिवेदन तथा पार्टीको आगामी महाधिवेशनको सम्बन्धमा छलफल हुने जनाइएको छ ।

राजनीतिक समितिको बैठकलगत्तै पार्टीका नेताहरुको सक्रियतामा भएका कार्यहरुको प्रगति विवरणसम्बन्धी प्रतिवेदन प्रस्तुत हुने नेता बस्नेतले बताए । उनका अनुसार लगत्तै २७ गते केन्द्रीय समितिको बैठक बस्दैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर