मधेशका स्वास्थ्य मन्त्री सिंहद्वारा प्रादेशिक अस्पतालमा छड्के, विरामी निजीमा लैजाने दुई दलाल पक्राउ – Nepal Press

मधेशका स्वास्थ्य मन्त्री सिंहद्वारा प्रादेशिक अस्पतालमा छड्के, विरामी निजीमा लैजाने दुई दलाल पक्राउ

जनकपुरधाम । मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र प्रसाद सिंह जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा छड्के गर्दा दुई दलाल पक्राउ परेका छन् ।

मन्त्री सिंह पुगेकै बेला विरामीलाई दुई व्यक्तिले निजी अस्पताल लग्दै थिए । उनी दुबै जनालाई प्रहरीले मन्त्री सिंहको निर्देशनमा पक्राउ गरेको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय लगिएको छ ।

प्रादेशिक अस्पताल पुगेका विरामीलाई गलत कुराहरु भनेर निजी अस्पतालमा लैजाने र कमिशन खाने दुई दलाललाई प्रहरीको जिम्मा लगाएको मन्त्री सिंहको निजी सचिवालयले जनाएको छ ।

उनीहरु कुन अस्पतालमा विरामी लग्ने काम गर्छन् भन्नेबारे केहि खुलाइएको छैन् । जनकपुरधामका अधिकांश अस्पताल दलाल खटाएर विरामी तान्छन् । विरामी निजीमा लग्ने दलालले विरामीको उपचार खर्चको २० देखि ५० प्रतिशतसम्म अस्पतालबाट कमिशन पाउने गर्छन् ।

धनुषाका प्रहरी प्रमुख एसपी मित्रबन्धु शर्माले अस्पतालबाट दुई जनालाई प्रहरीले ल्याएको तर अहिले त्यसबारे बुझ्न नपाएको बताए । उनले भने, ‘उनीहरु सरकारीबाट निजी अस्पतालमा विरामी लग्ने काम गरेको हो भने कानून बमोजिम कारवाही गर्छौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर