एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत नगद लाभांश दिने – Nepal Press

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत नगद लाभांश दिने

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको छैटौं वार्षिक साधारणसभाले १५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसमेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सुनसरीमा शुक्रबार सम्पन्न संस्थाको छैटौं वार्षिक साधारणसभाले शेयरधनीहरुलाई चुक्ता पूँजीको १५ प्रतिशतका दरले २६ करोड ९ लाख १६ हजार नगद लाभांश (कर प्रयोजनसमेत) वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

सभामा प्रचलित कानून तथा विद्यमान व्यवस्थाअनुसार सञ्चालन गरिएको निर्वाचन कार्यक्रमबाट संस्थापक एनआईसी एशिया बैंक लिमिटेडको तर्फबाट मनोनीत भई प्रतिनिधित्व गरेका दीपक ढकाल निर्विरोध सञ्चालक पदमा निर्वाचित भएका छन् ।

नवनिर्वाचित सञ्चालक ढकालले संस्थाका अध्यक्ष सन्तोषकुमार राठीसमक्ष शपथ ग्रहण गरी पद बहाल गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर