दुई उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस – Nepal Press

दुई उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस

काठमाडौं । दुई उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।

लोक सेवा आयोगका अध्यक्ष तथा अध्यक्षले तोकेको सदस्यको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले परराष्ट्र सेवातर्फ एक जना र इन्जिनियरिङ सेवातर्फ एक गरेर दुई जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।

परराष्ट्र सेवातर्फ जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा उपसचिव सुरेश अधिकारी र इन्जिनियरिङ सेवातर्फ सिभिल इन्जिनियरिङ इरिगेशन उपसमूहका उपसचिव राजेन्द्रप्रसाद शर्मा सहसचिव बढुवाका लागि सिफारिस भएका हुन् ।

परराष्ट्र सेवातर्फ एक जना सहसचिवका लागि तीन जनाको आवेदन परेको थियो भने इन्जिनियरिङतर्फ भने नौ जनाको आवेदन परेको थियो ।

सहसचिव बढुवाका लागि सिफारिस भएकामाथि चित्त नबुझेमा अबको ३५ दिनभित्र बढुवा सिफारिस समितिमा उजुरी गर्न सकिने छ । यदि कोहि कसैको उजुरी नपरेमा दुबै जनालाई सरकारले सहसचिवमा बढुवा गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर