मन्त्रिपरिषद्को बैठक- सरकार गठनको एक वर्षको समीक्षा, ‘पिकअप’ बढाउन मुख्यसचिवको ब्रिफिङ (भिडिओ) – Nepal Press

मन्त्रिपरिषद्को बैठक- सरकार गठनको एक वर्षको समीक्षा, ‘पिकअप’ बढाउन मुख्यसचिवको ब्रिफिङ (भिडिओ)

काठमाडौं । मन्त्रिपरिषद्को बैठकमा सरकारको एक वर्षे प्रगतिबारे समीक्षा भएको छ।

आज बसेको बैठकमा सरकार गठन भएको एक वर्ष पुग्न लागेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको कामको समीक्षा गर्न थालेका हुन्।

बैठकपछि सरकारकी प्रवक्ता रेखा शर्माले भनिन्, सरकार गठन भएको एक वर्ष पुग्दै छ। त्यसमा सामान्य समीक्षा गरेको छौँ।

मुख्यसचिवले सरकारको समग्र कामलाई पिकअप लिन प्रक्रिया र इच्छाशक्तिमा भएको कमजोरी, निर्णय प्रक्रिया र ऐन कानूनमा सुधार गर्नुपर्ने कुराहरू, कार्यविधि र नियमावलीमा सुधार गर्नुपर्ने विषयमा पनि विस्तृत रूपमा राख्नुभएको छ।

सरकारको कामलाई कसरी गति दिन सकिन्छ भन्ने विषयमा आजको बैठक केन्द्रित रहेको उनको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *