नबिल बैंकको डिबेन्चरमा माग भन्दा बढी आवेदन – Nepal Press

नबिल बैंकको डिबेन्चरमा माग भन्दा बढी आवेदन

काठमाडौं । नबिल बैंक लिमिटेडको नबिल बैंकको डिबेन्चरमा माग भन्दा बढी आवेदन परेको छ ।

बैंकले गत मङ्सिर २९ देखि पुस ३ सम्म निष्कासन गरेको तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा मागभन्दा बढी आवेदन परेको हो ।

प्रतिकित्ता एक हजार रुपैयाँका दरले ३० लाख कित्ता ऋणपत्र निष्कासन गरिएकोमा पहिलो पटक दिएको समयमा नै सबै डिबेन्चर बिक्री भएको नबिल बैंकले जनाएको छ ।

बैंकले बिक्रीमा ल्याएको कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई र एक अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री खुल्ला गरिएको थियो ।

सर्वसाधारणलाई छुट्टाइएको १२ लाख कित्ता मध्य पाँच प्रतिशत अर्थात् ६ करोड रुपैयाँ बराबरको ६० हजार कित्ता सामूहिक कोषका लागि समेत समावेश गरिएको थियो । यस सात वर्षे ऋणपत्रमा लगानी कर्ताले ९ प्रतिशतको ब्याजदर पाउने नबिलले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *