किन लखेटिँदैछन् अनशन शिरोमणिहरू ? – Nepal Press

किन लखेटिँदैछन् अनशन शिरोमणिहरू ?

गोविन्द केसी र ईःहरु निश्चित गिरोह र केही मिडियाले खडा गरेका ‘ट्रोजन हर्स’ हुन्, असलियत बुझेपछि ललितपुर र धनगढीका जस्तै जनताले लखेट्छन्

कुनै समय यस्तो थियो, गोविन्द केसीको अनशनलाई समर्थन गर्नको लागि राजनीतिक दल, शीर्ष नेताहरू, युवा विद्यार्थी नेताहरू, गैरसरकारी संघसंस्थाहरु, मूलधारे मिडियाका सम्पादकहरू, पत्रकारहरू, वकिलहरूको तँछाडमछाड हुन्थ्यो । अस्पतालहरूमा र माइतीघरमा प्रदर्शन हुन्थे । डाक्टरहरूसमेत बिरामी जाँच गर्न छोडेर सेतो कोट लगाएर हडतालमै उत्रिन्थे ।

यस्तो भाष्य बनाइएको थियो कि गोविन्द केसी स्वास्थ्य र मेडिकल शिक्षाका एक मात्र बुटी हुन्, तिनी अनशन बसेपछि सम्पूर्ण समस्या एक निमेसमै चट हुन्छन् । गोविन्द केसी गरिब निमुखाका देवता हुन्, उनी अनशनमा सुतेपछि बिरामीको रोग चैट हुन्छ ।

अहिले समय बदलिएको छ, केसीको अनसनप्रति केही उनका सदाबहार मिडियाबाहेक जनताले चासो दिन छोडेका छन् । केही पेशेवर ट्विटेबाहेक पत्रिका र अनलाइनका फेसबुक र ट्विटर पेजमा गोविन्द केसीलाई अधिकांश मान्छेहहले गाली गरेका छन् । हजारौँ मान्छेले विगतमा भुलवश समर्थन गरेको भन्दै समर्थन फिर्ता लिएका छन् ।

यति सम्म भएको थियो कि डाक्टर भगवान् कोइराला शिक्षण अस्पतालको निर्देशक भएको बेलामा आन्दोलनको नाममा बिरामीको नाडीबाट स्लाइन थुतेर डिस्चार्ज गरिएपछि कान्तिपुर टेलिभिजनको एउटा कार्यक्रममा भक्कानिएका थिए । तर खुलेर विरोध वा असहमति जनाउन सकेका थिएनन् । जोखिम मोलेर अनशनप्रति असहमति जनाउँदै गाली खाने थोरै मान्छे थिए ।

तर अहिले समय बदलिएको छ, केसीको अनशनप्रति केही उनका सदाबहार मिडियाबाहेक जनताले चासो दिन छोडेका छन् । केही पेशेवर ट्विटेबाहेक पत्रिका र अनलाइनका फेसबुक र ट्विटर पेजमा गोविन्द केसीलाई अधिकांश मान्छेहरूले गाली गरेका छन् । हजारौँ मान्छेले विगतमा भुलवश समर्थन गरेको भन्दै समर्थन फिर्ता लिएका छन् ।

अब गोविन्द केसीको अनशन बृहत् आकारमा तिरस्कृत हुन थालेको छ । गोविन्द केसीलाई अनसन शिरोमणि भन्न थालिएको छ । शिरोमणि सकारात्मक भाव झल्किने शब्द हो । तर केसीलाई नकारात्मक भाव झल्किने गरी शिरोमणि भन्न थालिएको हो । उनलाई धनगढीका स्थानीयले नै विरोध प्रदर्शनमार्फत बहिष्कार गरेका छन् ।

अर्का ई: भनिने अभियन्ताको आन्दोलनप्रति काठमाडौंमा केही समर्थन हुने गर्दथ्यो । कोरोना महामारीले चरम रूप लिएको बेला बालुवाटार र माइतीघर पुगेर ई: मनिनेले तमासा देखाउने गर्दथे । तर तिनलाई समर्थन गर्ने पनि एउटा स्वार्थ समूह बजारमा थियो । समय बित्दै जाँदा तिनले उठाएका मागहरू पनि तिरस्कृत हुन थालेका छन् । ई: भनिने व्यक्ति पनि जनताबाटै लखेटिन थालेका छन् ।

संविधानसभाबाट संविधान जारी भएपछि यो मेरो संविधान होइन भन्दै केही भारतीय प्रायोजित व्यक्तिहरू (प्रशान्त झा, मञ्जुश्री थापा) लगायतले चलाएको ह्यासट्याग अभियानमा सामेल भएका ई: सिंहदरबारको भित्तामा रातो पोतेर चर्चामा आएका एटेन्सन शीकर हुन् । उनलाई पनि ललितपुरका जनताले लखेटेका छन् ।

अस्पतालमा उपचार गर्न आउने दैनिक हजारौँ बिरामी अलपत्र पार्ने, भर्ना भएका बिरामीको सलाइन थुतेर जबर्जस्ती डिस्चार्ज गर्ने, बिरामीलाई निजी अस्पतालमा पठाउने कार्य अनसनको आवरणमा हुँदै आएका छन् । अनसनको आवरणमा गरिएका ती सबै आपराधिक कार्य हुन् । यस्ता आपराधिक कार्यलाई गोविन्द केसीले समर्थन गर्दै आएका छन् ।

गोविन्द केसी र ई: भनिने व्यक्ति तिरस्कृत हुनुका धेरै कारणहरू छन् । खासमा यिनीहरू केही ह्वाइट कलर अभियन्ता, निश्चित गिरोह र केही मिडिया सिन्डिकेटले खडा गरेका ‘ट्रोजन हर्स’ हुन् । उनीहरू तिरस्कृत हुनुका केही कारणहरूलाई केलाउने प्रयत्न गरिएको छ ।

पेशेवर अनशनप्रति विमतिका क्षणहरू

यहाँनेर व्यक्तिगत र संस्थागत प्रसंग जोड्नु उपयुक्त हुनेछ, किनभने अढाई वर्ष अगाडिसम्म म अखिल (छैठौं)को जिम्मेवार भूमिकामा थिएँ । थोरै मध्ये म यस्तो व्यक्ति हुँ, जसले कहिल्यै गोविन्द केसीको अनशनको समर्थन गरिनँ र संगठनलाई पनि केसीको पुच्छर बनाउन दिइनँ । यद्यपि केसीका केही मागहरू सकारात्मक थिए ।

सकारात्मक मागहरू उठाउने धेरै व्यक्ति, समूह र पार्टीहरू हुन्छन् । तिनीहरूका मागहरू सकारात्मक छन् भन्दैमा सिंगो संगठनलाई कुनै व्यक्ति, समूह वा पार्टीको पुच्छर बनाउनु गलत हुन्थ्यो । त्यसैले कहिल्यै पनि त्यसो गरिएन ।

नेकपा (मसाल)ले अनसनको समर्थनमा वक्तव्यको वर्षा गर्दा पनि त्यही पार्टीको भ्रातृ संस्थाको रूपमा क्रियाशील अखिल (छैटौँ)को विभिन्न पदको जिम्मेवार हैसियतमा हुँदा कुनै पनि वक्तव्य निकाल्न दिइनँ र आफैँले पनि निकालिनँ ।

कोरोना महामारीले चरम रूप लिएको बेला बालुवाटार र माइतीघर पुगेर ईः मनिनेले तमासा देखाउने गर्दथे । तर तिनलाई समर्थन गर्ने पनि एउटा स्वार्थ समूह बजारमा थियो । समय बित्दै जाँदा तिनले उठाएका मागहरू पनि तिरस्कृत हुन थालेका छन् । ईः भनिने व्यक्ति पनि जनताबाटै लखेटिन थालेका छन् ।

आफू उपाध्यक्ष र महासचिव हुँदा तत्कालीन अध्यक्ष अनिल किशोर घिमिरेलाई मैले भनेँ, ‘हामी आफैँ ६ दशकदेखि लडिरहेको मुद्दामा कोही व्यक्ति अनशन बस्यो भन्दैमा दीर्घकालीन उद्देश्य, नियत र प्रभावको विश्लेषण नगरीकन लुरुलुरु वक्तव्य निकाल्दै, व्यक्तिको पुच्छर बनेर लालसलाम गर्दै हिँड्नु हुँदैन । हाम्रो आफ्नै आन्दोलन छ, अभियान छ, इतिहास छ । गोविन्द केसीले भन्दा हाम्रो संगठनले सयौँ गुना ठूला उपलब्धिहरू हासिल गरेको छ ।

अनिलजीलाई वक्तव्य निकाल्न पार्टीले दबाब दियो कि दिएन मलाई थाहा भएन, तर हाम्रो सल्लाहमै कुनै पनि अनशनमा वक्तव्य जारी गरिएन । अनिलकिशोरजी नेतृत्वबाट बिदा भएपछि ४ वर्ष म अखिल (छैटौँ)को अध्यक्ष भएँ । आफै अध्यक्ष भएपछि वक्तव्य निकाल्ने कुरै भएन ।

गोविन्द केसीको अनसनले पार्ने नकारात्मक प्रभाव, एक प्रकारले मेडिकल शिक्षा ध्वस्त हुन्छ भन्ने विश्लेषणसहितका मेरा कैयौँ लेखहरू अनलाइन र पत्रपत्रिकामा छापिए । मलाई पार्टी कार्यालयमा बोलाएर कैयौँ पटक स्पष्टीकरण मात्रै सोधिएन कि पार्टीले कारबाही नै गर्‍यो । गोविन्द केसीको अनशनको विषयमा पार्टीसँग मेरो टकराब बढ्दै गयो । तर मैले कुनै हालतमा आफ्नो अडान छोडिनँ । संगठनका साथीहरूलाई कुरा बुझाउँदै गएँ ।

आन्दोलनका मागहरू, आन्दोलनको तरिका, शैली, आन्दोलनमा समर्थन गरेका मेडिकल माफिया र तिनका गिरोहहरूबारे कैयौँ अध्ययनहरू गरेर म सही ठाउँमा छु भन्नेमा प्रष्ट थिएँ । थाहा नपाएर वा नीति बदलिएको जुनसुकै कारणले हुन सक्छ, पछिल्ला केही अनशनहरूमा मसालले वक्तव्य निकालेको देखिएको छैन ।

गोविन्द केसीको अनसनले पार्ने नकारात्मक प्रभाव, एक प्रकारले मेडिकल शिक्षा ध्वस्त हुन्छ भन्ने विश्लेषणसहितका मेरा कैयौँ लेखहरू अनलाइन र पत्रपत्रिकामा छापिए । मलाई पार्टी कार्यालयमा बोलाएर कैयौँ पटक स्पष्टीकरण मात्रै सोधिएन कि पार्टीले कारबाही नै गर्‍यो ।

कांग्रेस, एमाले र माओवादीसहित विद्यार्थी संगठनका नेताहरू पसिना आउने गरी दौडेर गोविन्द केसीको अनसनमा समर्थन जनाउन पुग्थे । कांग्रेसको सरकार हुँदा कम्युनिष्टका विद्यार्थी संगठन समर्थन गर्न जाने, कम्युनिष्टको सरकार हुँदा कांग्रेसका विद्यार्थीहरू समर्थन गर्न जाने प्रतिस्पर्धा हुन्थ्यो । तिनीहरूका प्रतिस्पर्धाहरू कति नक्कली र नौटंकी थिए भन्ने कुरा आज आएर पुष्टि भएको छ ।

गोविन्द केसीको अनशनले एक दशक नाघिसकेको छ । यो एक दशकमा कांग्रेस र कम्युनिष्टहरु पालैपालो सरकारमा गइरहेका छन् । अनसनका मागहरू के थिए, ती दीर्घकालीन महत्त्व राख्ने खालका थिए कि थिएनन्, ती पूरा भएर देशलाई कति उपलब्धि हुन्छ भन्नेबारेमा कहिल्यै विमर्श गरिएन । धेरै नक्कली मागहरूमा नक्कली सम्झौताहरू गरियो । उद्देश्यहीन मुद्दामा दशक खर्च गरियो । आज परिणाम देशका अगाडि छर्लङ्गै छ ।

अनशनको दुरुपयोग

ती दुवै मेडिकल कलेजहरू संयोगवश कम्युनिष्टको नेतृत्वमा खुल्दै थिए । कम्युनिष्टहरुले जनतालाई सस्तो र सुलभ हुने गरी सञ्चालनमा ल्याउन लागिएका ती दुई वटा कलेजलाई थला पारेपछि केसीको उद्देश्य पूरा भइसकेको थियो । आवरणमा जेसुकै देखिए पनि डाक्टर गोविन्द केसी कम्युनिष्ट फोबियाले ग्रसित व्यक्ति हुन् ।

डाक्टर गोविन्द केसीले अनशनको व्यापक दुरुपयोग गरेका छन् । केसीको अनसनको एक मात्रै उद्देश्य थियो, मनमोहन मेडिकल कलेजलाई रोक्नु र भक्तपुरको ख्वप मेडिकल कलेज खोल्ने योजनाको नाम निसाना मेटाइदिनु । भक्तपुर नगरपालिकाले सञ्चालन गर्ने भनिएको ख्वप मेडिकल कलेज र सहकारी मोडेलमा सञ्चालित मनमोहन मेडिकल कलेजले धेरै नै सस्तोमा एमबीबीएस पढाउने योजना अगाडि सारेको थिए ।

ती दुवै मेडिकल कलेज देशको लागि कोशेढुंगा साबित हुने निश्चित थियो । ती दुवै मेडिकल कलेजहरू संयोगवश कम्युनिष्टको नेतृत्वमा खुल्दै थिए । कम्युनिष्टहरुले जनतालाई सस्तो र सुलभ हुने गरी सञ्चालनमा ल्याउन लागिएका ती दुई वटा कलेजलाई थला पारेपछि केसीको उद्देश्य पूरा भइसकेको थियो । आवरणमा जेसुकै देखिए पनि डाक्टर गोविन्द केसी कम्युनिष्ट फोबियाले ग्रसित व्यक्ति हुन् । उनले अगाडि सारेका अरू सबै मागहरू सहायक उद्देश्यको लागि मात्रै थिए र हुन् ।

मेडिकल शिक्षा र स्वास्थ्यको सुधारको लागि भनिएको अनशनलाई उनले राजनीति र द्वन्द्वसँग पनि जोडेका छन् । उनले कतिपय मुद्दामा देशको परराष्ट्र नीति विपरीत अन्तर्राष्ट्रिय समुदायलाई पनि गुहारेका छन् । अनशनको लत लागेका उनले अनावश्यक मुद्दामा हात हालेका छन् । द्वन्द्वका मुद्दा समाधान गर्ने आफ्नै तरिका छन् । तर द्वन्द्वका मुद्दालाई मेडिकल शिक्षा र स्वास्थ्यसँग लगेर जोड्नु अनैतिक कार्य हो ।

अनशनको लत लागेका उनले अनावश्यक मुद्दामा हात हालेका छन् । द्वन्द्वका मुद्दा समाधान गर्ने आफ्नै तरिका छन् । तर द्वन्द्वका मुद्दालाई मेडिकल शिक्षा र स्वास्थ्यसँग लगेर जोड्नु अनैतिक कार्य हो ।

अनशनकै आवरणमा दर्जनौँ पटक सरकारी अस्पतालहरू हड्ताल गरिएका छन् । मुलुकका ठूला अस्पतालहरू वीर, शिक्षण, पाटन, प्रदेश र जिल्ला अस्पतालमा उपचार गर्न आउने दैनिक हजारौँ बिरामी अलपत्र पार्ने, भर्ना भएका बिरामीको सलाइन थुतेर जबर्जस्ती डिस्चार्ज गर्ने, बिरामीलाई निजी अस्पतालमा पठाउने कार्य अनसनको आवरणमा हुँदै आएका छन् । अनसनको आवरणमा गरिएका ती सबै आपराधिक कार्य हुन् । यस्ता आपराधिक कार्यलाई गोविन्द केसीले समर्थन गर्दै आएका छन् ।

डाक्टर गोविन्द केसी अनसन बस्नुभन्दा अगाडि सरकारी छात्रवृत्तिमा पढेका डाक्टरहरूले कम्तीमा ४ वर्ष सेवा गर्नुपर्ने प्रावधान थियो । तर आवासीय डाक्टर र सरकारी छात्रवृत्तिमा एमबीबीएस पढिरहेका विद्यार्थीहरूको समर्थन लिनको लागि सेवा अवधि एक वर्षमा झार्नुपर्ने माग उठान गरे र सम्बोधन पनि भयो । यसरी गोविन्द केसी दुर्गमका जनताको स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकारमाथिको खेलबाड गर्न सफल भए ।

शिक्षण अस्पतालमा आफू प्रमुख भएको हाडजोर्नी विभागलाई टाट पल्टाएर अनसन बस्दै हिँड्ने गर्दा पनि गोविन्द केसीले वाहवाही पाएकै थिए । किनभने हाडजोर्नी विभागलाई अस्तव्यस्त बनाएको समाचार सञ्चारमाध्यमहरूले नियतवश लुकाएका थिए ।

गोविन्द केसीले दुर्गमका जनताको विरुद्धमा आपराधिक माग अगाडि सारेका थिए, पूरा भयो । देशको आवश्यकतालाई तिलाञ्जली दिँदै सीएमए र अनमीलाई समय भन्दा अगाडि नै फेजआउट गरियो । जब कि दुर्गम क्षेत्रमा व्यापक सुविधा दिने सीएमए र अनमीहरु नै थिए । सीएमए, अनमी पढ्नै नदिएपछि एकातिर न्यून आर्थिक अवस्था भएका व्यक्ति स्वास्थ्य क्षेत्रमा आउने नै भएनन्, अर्कातिर दुर्गमका जनताले पाउँदै आएको स्वास्थ्य सुविधा खोसिने भयो । किनभने एमबीबीएस गरेका डाक्टर गाउँमा छैनन् ।

शिक्षण अस्पतालमा आफू प्रमुख भएको हाडजोर्नी विभागलाई टाट पल्टाएर अनसन बस्दै हिँड्ने गर्दा पनि गोविन्द केसीले वाहवाही पाएकै थिए । किनभने हाडजोर्नी विभागलाई अस्तव्यस्त बनाएको समाचार सञ्चारमाध्यमहरूले नियतवश लुकाएका थिए । आफ्नै विभागलाई अस्तव्यस्त बनाउने, बाँकी दुनियाँलाई सुधारको पाठ पढाउने कार्यले दीर्घकालीन अर्थ राख्दैन थियो । अहिले त्यही भइरहेको छ ।

अनसनकै कारण सरकारी अस्पतालमा डाक्टरहरूले हड्ताल गर्न थालेपछि सरकारी अस्पताल र डाक्टरप्रति बिरामी र बिरामीका आफन्तको विश्वास गुम्दै गएको छ । एकातिर सरकारले सरकारी अस्पताललाई भ्रष्टाचारको अखडा बनाउने, अर्कातिर बचेखुचेको स्वास्थ्य सेवा पनि हड्तालको नाममा ठप्प पार्न थालेपछि स्वास्थ्य क्षेत्रमा भ्रष्टाचार र अपराध मौलाउँदै गएको प्रष्टै छ ।

ठूलठूला युद्धहरूमा पनि अस्पतालहरू बन्द हुँदैनन् । तर गोविन्द केसीका अनसनको आवरणमा देशभरका सरकारी अस्पतालमा हड्ताल गर्ने गरिएको छ । यो बिरामीमाथि गरिएको ठूलो अपराध हो । बिरामीमाथि गरिएको अपराधलाई समर्थन गर्न सकिँदैन । अनसनको आडमा गरिने सबै खाले हड्तालहरु अपराध हुन् । केसीले त्यही अपराधलाई प्रशय दिइरहेका छन् ।

सुदूरपश्चिममा अस्वीकृत केसी

डाक्टर गोविन्द केसी सुदूरपश्चिम प्रदेशको गेटा मेडिकल कलेजमा अनसन बस्नको लागि २०८० मंसिर २९ गते साँझ कलेज प्राङ्गण पुगेका थिए । तर त्यहाँ मेडिकल विश्वविद्यालय स्थापना गर्नको लागि बनेको संघर्ष समितिका सदस्य र स्थानीयहरूले अवरोध गरेका छन् । त्यहाँका जनताले केसीकोविरुद्ध सडकमा प्रदर्शन समेत गरेका छन् । उनी जनताबाट तिरस्कृत र अस्वीकृत हुने दिन आउनु नै थियो ।

केसीले गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनुपर्ने माग उठाएका छन् । सुदूरपश्चिमका जनताले विश्वविद्यालयको माग गरेका छन् भने त्यस विपरीत केसीले त्यहीँ गएर स्वास्थ्य विज्ञान प्रतिष्ठानको माग गर्नु जत्तिको तमासा के हुन सक्छ ? जनताको माग एकातिर छ, केसीको माग अर्कातिर छ । माग पूरा हुन्छ वा हुँदैन अर्को पक्ष हो, तर स्थानीय जनताको माग नै महत्त्वपूर्ण हुन्छ ।

डाक्टर केसीले स्थानीय संघर्ष समितिसँग अनावश्यक झगडा गरेका छन् । यदि उनी स्थानीय जनताको समर्थन लिन चाहन्थे भने पहिल्यै समन्वय गरेर जाने थिए । तर सीमित गिरोह र ह्वाइट कलर अभियन्ताको समर्थन पाएका उनले स्थानीय जनतासँग समन्वय गर्न जरुरी ठानेनन् । जनतासँग नजोडिएका मुद्दामा जनताको समर्थन आवश्यक नठान्नु अनौठो विषय होइन । जनतासँग गएर देख्लास् र पख्लास् भन्नुको अर्थ के हुन्छ ? नक्कली घमण्डको प्रदर्शन बाहेक केही पनि होइन ।

सीमित गिरोह र ह्वाइट कलर अभियन्ताको समर्थन पाएका उनले स्थानीय जनतासँग समन्वय गर्न जरुरी ठानेनन् । जनतासँग नजोडिएका मुद्दामा जनताको समर्थन आवश्यक नठान्नु अनौठो विषय होइन । जनतासँग गएर देख्लास् र पख्लास् भन्नुको अर्थ के हुन्छ ?

कुनै समय सक्कली देखिएको त्यही विषय समयले वास्तविकता बुझाउँदै लगेपछि नक्कली साबित हुन्छ । राम्रो देखाउनको लागि कुनै गहनामा लगाइएको सुनको जलप खिइँदै गएपछि नक्कली धातु देखिन्छ नै ।

समाजमा भनिन्छ नि, ‘सुनभन्दा कम छैन, हराएमा डर छैन’ । गोविन्द केसी त्यस्तै पात्र हुन् र तिनको अनशन पनि ‘सुनभन्दा कम छैनन्, तुहिएमा डर छैन’ भन्ने स्टाइलको हो । उनी आजसम्म सुन जस्ता देखिएका मात्रै थिए । सक्कली देखाउनको लागि नक्कली गहनामा तिनले लगाएको सुनको जलप खिइएर समाप्त भएको छ ।

याे पनि पढ्नुस् : ‘डाक्टर केसीले विश्वविद्यालयको प्रक्रियालाई बिथोल्न खोजे’

जनताले यो सुन होइन, अन्य धातु हो भन्ने बुझेपछि कोही कसैले सुन भन्दैमा सुन हुने होइन । कैलालीबाट सार्वजनिक भएको भिडियोमा उनले स्थानीय जनतासँग जबर्जस्ती गर्न खोजेको देखिन्छ । तर स्थानीय जनताको भावना विपरीत जहाज चढेर स्थानीय सार्वजनिक स्थलमा पुगेर जनतासँग जबर्जस्ती गरिनु आफैमा गुण्डागर्दी हो । सस्तो लोकप्रियताको आडमा स्थानीय जनतासँग झगडामा उत्रिनु भनेको लज्जास्पद दृश्य हो ।

स्थानीय जनताको मागको बेवास्ता गर्दै काठमाडौंबाट हवाईजहाज चढेर सुदूरपश्चिम गएर गरिने अनशन कुनै आन्दोलन नभएर तमासा मात्रै हो भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग छ । जनताको मागको विपरीत मुद्दा बोकेर गरिने आन्दोलनको कुनै नैतिक, सामाजिक र राजनीतिक हैसियत हुँदैन भन्ने कुरा सुदूरपश्चिमबाट प्रमाणित भएको छ ।

गोविन्द केसी सुदूरपश्चिमबाट बहिस्कृत भइसकेका छन् । अनशन बसेको देखाउनको लागि, एक प्रकारले मिडिया खपतको लागि मन्दिरमा गएर अनशन बसे पनि त्यसको कुनै हैसियत छैन भन्ने कुरा अनशन बस्ने तरिकाबाटै थाहा हुन्छ ।

सडक जनताको कि व्यापारीको ?

काठमाडौं महानगरपालिकाले सडकमा भन्सार छली र चोरीका सामानको व्यापार गर्न नदिएपछि सडकमा व्यापार गर्न पाउनुपर्छ भन्ने माग गर्दै ईः भनिने व्यक्ति केही महिना अगाडि राष्ट्रिय सभागृह अगाडि उभिए । त्यहाँ राजनीतिक दलका नेता, कथित अभियन्ता गएर ऐक्यबद्धता पनि जनाए । तिनको मागका विरुद्धमा आवाज उठ्दै गयो ।

भनिन्छ नि, ‘सुन भन्दा कम छैन, हराएमा डर छैन’ । गोविन्द केसी त्यस्तै पात्र हुन् र तिनको अनसन पनि ‘सुन भन्दा कम छैनन्, तुहिएमा डर छैन’ भन्ने स्टाइलको हो । उनी आजसम्म सुन जस्ता देखिएका मात्रै थिए । सक्कली देखाउनको लागि नक्कली गहनामा तिनले लगाएको सुनको जलप खिइएर समाप्त भएको छ ।

सडक व्यापारको लागि होइन, हिँड्नको लागि हो र सडकको पहिलो अधिकार पैदल यात्रीको हो भन्ने कुरा स्थापित हुँदै गयो । बालेन्द्रलाई कुनै पनि हालतमा झुक्नु हुँदैन भनेर सामाजिक सञ्जालमा अभियान नै चलाइयो । महानगर प्रमुख बालेन्द्र शाहले कुनै मतलब नगरेपछि ईः भनिने व्यक्तिको इज्जत जोगाइदिनको लागि बालेन्द्रले उधारो सम्झौता गर्न तयार भए ।

कथित ईः को उभिने आन्दोलन तुहिएपछि काठमाडौंका सडकहरू खाली भएका छन् । अहिले काठमाडौंका सडकमा कहींकतै व्यापार देखिंदैन । पैदलयात्रीहरु निर्धक्कसँग हिँडिरहेका छन् । तिनले उठाएका मागहरू गलत थिए भन्ने कुरा पुष्टि भएको छ । सडकमा पैदल यात्रीको अधिकार स्थापित भएको छ ।

काठमाडौं महानगरपालिकाले सडक व्यापार बन्द गरेपछि ललितपुर महानगरपालिकाले पनि सडक व्यापारमाथि प्रतिबन्ध गरिदियो । ईः भनिने व्यक्ति गत हप्ता ललितपुर महानगरअगाडि उभिन गए । तर ललितपुरका स्थानीय जनता तिनको विरुद्धमा ओर्लिएर विरोध जनाए । स्थानीय जनताको माग थियो कि सयौँ वर्ष पुराना सम्पदा अगाडि व्यापार गर्न पाइँदैन ।

सडकमा पहिलो अधिकार पैदल यात्रीको हो । पैदल यात्रीको अधिकार मिच्न पाइँदैन भन्ने नारा लाग्यो । ललितपुरको सम्पदा, पर्यटन जस्ता महत्त्वपूर्ण मुद्दाहरू स्थानीय जनताले उठाए । अन्ततः ईः भनिने व्यक्तिलाई प्रहरीले सुरक्षित स्थानमा लग्यो ।

मिडियाले भाउ दिएको हदसम्म आफू सही छु भन्ने देखाउन खोजे पनि तिनको मागलाई ललितपुरबासीले पूर्ण रुपले खारेज गरिदिएका छन् । केही मिडियाले समर्थन गरे पनि स्थानीय जनता जुलुस लिएर विरोधमा उत्रिएपछि ईः भनिने व्यक्तिको नौटंकी तत्कालको लागि बन्द भएको छ ।

गोविन्द केसीको अनसनको विरोध गर्नेहरूलाई समाजमा र सामाजिक सञ्जालमा टिक्न नसक्ने गरी लाञ्छित गरिन्थ्यो । तर्कसहित उनको अनसनको आलोचना गर्नेमाथि तुच्छ शब्दहरू प्रयोग गरेर केसी समर्थकबाट गालीगलौज गरिन्थ्यो ।

अब नलखेटिउन्

गोविन्द केसीले राखेका कतिपय सकारात्मक मागहरू पूरा भएका छन् । एकीकृत प्रवेश परीक्षाले एमबीबीएसको भर्ना प्रक्रियालाई सहज बनाएको पनि छ । एउटा प्रवेश परीक्षालाई राम्रो बनाउनको लागि दशकौंसम्म अनसनको तमासामा उत्रिनु पर्दैन थियो । घरमा पालिएको कुखुरा मार्नको लागि बन्दुक पड्काइयो भने त्यो बन्दुकको दुरुपयोग हो । डाक्टर केसीले कुखुरा मार्नको लागि बन्दुक पड्काएका छन् र त्यसैलाई ठूलो उपलब्धि भन्दै हल्ला पिटेका छन् ।

देशको मेडिकल शिक्षा कसरी ध्वस्त भयो भन्नेबारेमा बेग्लै लेख लेख्नुपर्ने आवश्यकता छ । यद्यपि त्यो गोविन्द केसीको अनसनका कारण मात्रै होइन, सरकारले लिएको गलत नीतिका कारण मेडिकल शिक्षा ध्वस्त भएको हो । सरकार माफियाहरूको चुंगुलमा परेको छ ।

मेडिकल शिक्षा दीर्घकालीन सुधारका लागि कुनै योजना नल्याउने तर एकातिर माफियाको प्रभावबाट नीतिहरू ल्याउने र अर्कातिर केसीका गलत मागका अगाडि झुक्ने प्रवृत्ति देशको लागि सबै भन्दा खराब तरिका हो । यसको लागि पुष्पकमल दाहाल, केपी ओली, शेरबहादुर देउवा, माधव नेपालहरू नै मुख्य जिम्मेवार छन् । गोविन्द केसीको अनसन कर्कलाको पानी जस्तै हो । त्यसको कुनै स्थायित्व छैन र हुँदैन पनि ।

गोविन्द केसीका कतिपय मागहरू सही हुँदाहुँदै पनि तिनले उठाएका धेरै गलत मागहरू, अनसन बस्ने खराब तरिकाका कारण तिनी गेटा मेडिकल कलेजबाट लखेटिने अवस्थाको सिर्जना भएको हो । तिनले दीर्घकालीन समाधानका मुद्दाहरू कहिल्यै उठाएकै छैनन् । केसीको अनसन र सरकारले अख्तियार गरेको गलत नीति र रवैयाका कारण मेडिकल शिक्षामा प्रतिस्पर्धा समाप्त भएको छ र निश्चित मेडिकल माफियाहरूले लुटिरहेका छन् ।

गोविन्द केसीलाई धनगढीबाट लखेटिनु परेको छ भने सामाजिक सञ्जालहरूमा केसीका विरुद्धमा गालीगलौजको स्थिति उत्पन्न भएको छ । माग ठीक नभएपछि, उठाउने तरिका ठीक नभएपछि, देशको दीर्घकालीन हित भन्दा पनि सस्तो प्रचारबाजी र निश्चित मेडिकल माफियाहरूलाई दीर्घकालीन फाइदा देखिएपछि यस्तो हुनु स्वाभाविकै हो ।

याे पनि पढ्नुस् : धनगढीमा डा. गोविन्द केसीको अनसनविरुद्ध प्रदर्शन

अन्त्यमा, गोविन्द केसीको अनसन तिरस्कृत हुने अवस्थामा पुगेको छ । काठमाडौं उपत्यकामा ईः भनिने व्यक्तिको आन्दोलन पनि तिरस्कृत भएको छ । किनभने तिनीहरूले उठाएमा मागहरूले जनताको दीर्घकालीन हित गर्दैनन् । बरु तिनीहरूले उठाएका मागहरू पूरा गर्दै जाने हो भने समस्याहरू थपिँदै जान्छन् । चर्चाको लागि तिनीहरू धेरै पटक अनसन बस्ने वा उभिने गर्न सक्छन् । अब तिनीहरूको आन्दोलनले कुनै उचाइ हासिल गर्न सक्ने सम्भावना छैन ।

घरमा पालिएको कुखुरा मार्नको लागि बन्दुक पड्काइयो भने त्यो बन्दुकको दुरुपयोग हो । डाक्टर केसीले कुखुरा मार्नको लागि बन्दुक पड्काएका छन् र त्यसैलाई ठूलो उपलब्धि भन्दै हल्ला पिटेका छन् ।

गोविन्द केसी र ईः भनिने व्यक्ति जति अनसन बस्दै वा उभिँदै जान्छन्, त्यति बदनाम हुँदै जाने हुन् । आजसम्म तिनीहरूले गरेका गलत मागहरूप्रति प्रायश्चित गर्दै र तिनले गरेका आन्दोलनका झिनामसिना उपलब्धिहरूलाई संरक्षण गर्दै आन्दोलनका तरिकाहरू बदल्नु गोविन्द केसी, ईः भनिने व्यक्तिको लागि हित हुनेछ ।

देश र जनताको हित भन्दा टाढा रहेर मेरै गोरुको बाह्रै टक्का भन्ने हो भने गोविन्द केसी र ईः भनिने व्यक्ति मात्रै होइन, जस्तासुकै अनसन शिरोमणिहरू जनताबाट लखेटिनुबाहेक कुनै विकल्प छैन ।


प्रतिक्रिया

One thought on “किन लखेटिँदैछन् अनशन शिरोमणिहरू ?

  1. गोविन्द केसीको अनसनको विरोध गर्नेहरूलाई समाजमा र सामाजिक सञ्जालमा टिक्न नसक्ने गरी लाञ्छित गरिन्थ्यो । तर्कसहित उनको अनसनको आलोचना गर्नेमाथि तुच्छ शब्दहरू प्रयोग गरेर केसी समर्थकबाट गालीगलौज गरिन्थ्यो ।तर बास्तवमा विदेशी पोस्ने तस्कर हुन गोविन्द केसी फटाहा पनि हो कम्युनिस्ट विरोधी गगन को प्यादा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *