चारजना उपसचिव बढुवाका लागि सिफारिस – Nepal Press

चारजना उपसचिव बढुवाका लागि सिफारिस

काठमाडौं । चार उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । लोक सेवा आयोगका अध्यक्ष तथा अध्यक्षले तोकेको सदस्यको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले इन्जिनियरिङ सेवातर्फका चार जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।

नेपाल इन्जिनियरिङ सेवाको सिभिल इन्जिनियरिङ समूह अन्तरगत स्यानिटरी उपसमूहतर्फ कार्यक्षमताको आधारमा उपसचिव जगरनाथ दास, बिल्डिङ एण्ड आर्किटेक्ट उपसमूहतर्फ उपसचिव सुनिलकुमार ठाकुर, हाइड्रोपाउव उपसमूहतर्फ बाबुराज अधिकारी र सर्वे समूहतर्फ कृष्णप्रसाद सापकोटा सहसचिव बढुवाका लागि सिफारिस भएका हुन् ।

स्यानिटरी उपसमूहतर्फ तीन जना, बिल्डिङ एण्ड आर्किटेक्ट उपसमूहतर्फ चार जना, हाइड्रोपावर उपसमूहतर्फ दुईजना र सर्वे समूहतर्फ नौ जनाको आवेदन परेको थियो । सहसचिव बढुवाका लागि सिफारिस भएकामाथि चित्त नबुझेमा अबको ३५ दिनभित्र बढुवा सिफारिस समितिमा उजुरी गर्न सकिने छ । यदि कोही कसैको उजुरी नपरेमा दुवै जनालाई सरकारले सहसचिवमा बढुवा गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर