ओलीको जन्मघरमा एमाले नेताको फोटो सेसन (तस्बिरहरू) – Nepal Press

ओलीको जन्मघरमा एमाले नेताको फोटो सेसन (तस्बिरहरू)

तेह्रथुम । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको १६औं दिन नेकपा एमालेको टोली अध्यक्ष केपी ओलीको जन्मगाउँ तेह्रथुमको आठराई गाउँपालिका-४ इवा पुगेको छ । ओली नेतृत्वको टोली आज यहीँ बस्नेछ ।

हिजो तेह्रथुम छिरेको एमाले टोली आज दिनभर तेह्रथुमको विभिन्न ठाउँमा जनभेटघाट कार्यक्रम गरेर ओलीको जन्मघर पुगेको हो । ओलीको स्वागतमा स्थानीय नेता, कार्यकर्ता र सर्वसाधारणको उल्लेख्य सहभागिता थियो ।

उनले यात्राका सारथिलाई विभिन्न स्थानमा घुमाउँदै आफ्नो बाल्यकालका अनुभव सुनाएका थिए । ओलीको घरमा नेताहरूले फोटोसेसन गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर