इजरायली नीति लडाकु सिध्याउन होइन जनसंख्या भगाउन होः जोर्डन – Nepal Press

इजरायली नीति लडाकु सिध्याउन होइन जनसंख्या भगाउन होः जोर्डन

काठमाडाैं । जोर्डनका विदेशमन्त्रीले इजयलको नीति हमास लडाकु सिध्याउने नभएर गाजाका प्यालेस्टाइनी जनसंख्या भगाउने भएको बताएका छन् ।

कतारको दोहामा आयोजना भएको कूटनीतिज्ञहरुको मंच दोहा फोरममा बोल्दै जोर्डनका विदेशमन्त्री एमन सफादीले यस्तो बताएका हुन् । उनले इजरायले जित्न नसक्ने भन्दै अहिले नै सारा क्षेत्रलाई नै दुस्मन बनाएर रणनीतिक हार बोहोरिसकेको बताएका छन् ।

उनले संयुक्त रास्ट्रसंघको सुरक्षा परिषदमा भिटो पावर प्रयोग गरे पनि अमेरिकाले पनि इजरायललाई सैन्य रणनीति बदल्न आग्रह गरिरहेको बताएका छन् । इजरायलले अरब क्षेत्रका नागरिकलाई पुस्तौँसम्म नकरात्मक सोच्ने अवस्था ल्याएको समेत उनले बताएका छन् । जोर्डनका विदेशमन्त्रीको यो समाचार रुसी समाचार संस्था आरटीले प्राथामिकताकासाथ प्रकाशन गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर