हात्तीको आक्रमणबट मृत्यु भएकाको परिवारलाई १ लाख राहत – Nepal Press

हात्तीको आक्रमणबट मृत्यु भएकाको परिवारलाई १ लाख राहत

विराटनगर । जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका इटहरी वडा नं २ का रविन खड्काको परिवारलाई इटहरी उपमहानगरपालिकाले एक लाख रुपैयाँ राहत दिने भएको छ ।

बुधवार राति हात्तीको आक्रमणबाट मृत्यु भएका २५ वर्षे खड्काको परिवारलाई इटहरी उपमहानगरपालिकाले क्षतिपूर्ति दिने भएको हो ।

इटहरी वडा नं २ मा जङ्गली हात्ती मानव बस्तीमा प्रवेश गरी विध्वंस मच्चाउन थालेको छ । मेयर पौडेलले तत्काल सुरक्षा निकाय र वन रक्षकसहितको टोली बनाएर बिहीबार राति देखि नै रात्रि गस्ती गरिने जानकारी दिए ।

हात्तीको समूहले मङ्गलवार बिहान इटहरी वडा नं २ कै नैनाकुमारी राईको घर भत्काएर क्षति पुर्‍याएको थियो । दुई महिनाअघि पनि इटहरी वडा नं २ कै लक्ष्मी राईको घर हात्तीले भत्काएको थियो ।

भारतको पश्चिम बङ्गाल हुँदै झापाबाट चारकोसे जङ्गल हुँदै चारकोसे जङ्गलमा आएर बसेका हात्तीले यसरी आतङ्क मच्चाउने गरेका हुन् । इटहरीमा चार वटा छावासहित २८ वटासम्म हात्ती आउने गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *