अधिकारका लागि संघीय सरकारसँग संघर्ष पनि गर्छौं : मुख्यमन्त्री कार्की – Nepal Press

अधिकारका लागि संघीय सरकारसँग संघर्ष पनि गर्छौं : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संघीय सरकारसँग सहकार्यमात्रै नभएर आवश्यकताअनुसार संघर्ष पनि गर्ने बताएका छन् । मंगलबार विराटनगरमा आयोजित स्थानीय तहहरूको असल अभ्यास आदानप्रदान कार्यक्रममा उनले संविधानको सही कार्यान्वयनमा जोड दिए ।

मुख्यमन्त्री कार्कीले भने, ‘जबसम्म हामी पुरातन सोचमा हुन्छौं तबसम्म हामी अगाडि बढ्न सक्दैनौं । हामीले के गर्ने हो योजनाका साथ जानुपर्ने हुन्छ । त्यसैले अहिलेको सरकारले संघ सरकारले समन्वयमात्रै नभई आफ्ना अधिकार स्थापित गर्न सङ्घर्ष पनि गर्दछ ।’

मुख्यमन्त्री कार्कीले सरकारका संयन्त्रहरूले दिगो विकासका लक्ष्यअनुसार काम गर्नुपर्नेमा जोड दिए ।

‘हामीले त काम सुरू गरिसकेका छौं, कनिकासरी बजेट छर्ने परिपाटी अन्त्य गर्दैछौं, प्रदेशले कतिसम्मका कार्यक्रम गर्ने, संघले कति र स्थानीय तहले कति गर्ने भन्ने मापदण्ड बनाउनुपर्छ । ताकि संघ सरकारले पनि साना योजनामा बजेट नछरोस् प्रदेशले त साना योजना कटौती गरिसकेको छ’, उनले भने ।

कार्यक्रमकी प्रमुख अतिथि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले तीनै तहको सरकारबीच समन्वय भएमात्र विकासले गति लिनसक्ने बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर