गरिबी निवारणमा सबै मिलेर काम गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना (भिडिओ) – Nepal Press

गरिबी निवारणमा सबै मिलेर काम गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना (भिडिओ)

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चीन सरकारको अनुभव लिएर नेपालको गरिबी निवारणमा लाग्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले बीआरआईबाट दक्षिण एशियाली मुलुकहरुलाई आर्थिक विकास र जनताको जीवनयापनमा सुधार ल्याउन सहयोग पुग्ने बताए । उनले गरिबी निवारणमा सबै मिलेर काम गरेको अवस्थामा दिगो विकासका लक्ष्य हासिल गर्न मद्दत पुग्ने बताए । उनले बिआरआईलाई थप गति दिन आवश्यक रहेको पनि बताए ।

उनले भने, ‘बीआरआईबाट दक्षिण एशियाली मुलुकहरुलाई उनीहरुको आर्थिक विकास र जनताको जीवनयापनमा सुधार ल्याउन सहयोग पुग्दछ । गरिबी निवारणमा हामीले मिलेर काम गरेको अवस्थामा दिगो विकासका लक्ष्य हासिल गर्न मद्दत पुग्छ । चीनको गरिबी निवारणमा चीनको दूरदर्शी राजनीतिक नेतृत्व र नागरिक सशक्तिकरण, सर्वपक्षीय सहभागिता र आपसी समझदारी जस्ता कारणहरु रहेका छन् । भ्रष्टाचार विश्वका कुनै देशका लागि पनि विकासका बाधक र समस्या हुन् । नेपाल लगायत दक्षिण एशियाली मुलुकहरुले चीनका यी अनुभवबाट शिक्षा लिएर असल अभ्यासलाई आत्मसाथ गरेर अघि बढ्न सकेको खण्डमा गरिबी निवारणमा महत्वपूर्ण सफलता प्राप्त हुनसक्छ । बिआरआईलाई थप गति दिन आवश्यक छ ।’

अध्यक्ष तिमिल्सिनाले बीआरआईको कार्यान्वयनमा कमी कमजोरी देखिए सच्याउँदै अघि बढ्नुपर्ने बताए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर