जनकपुरधाममा यसरी हुँदैछ छठको तयारी (तस्बिरहरू) – Nepal Press

जनकपुरधाममा यसरी हुँदैछ छठको तयारी (तस्बिरहरू)

जनकपुरधाम । छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यको पूजा आराधनाका लागि जलाशयहरूमा बिहानैदेखि चहलपहल सुरू भएको छ । आज साँझ अस्ताउँदै सूर्यलाई अर्घ्य दिइन्छ र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ । बर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् ।

मधेसका गाउँ-गाउँमा छठको रौनक छाएको छ ‌। छठ घाट लाखौं खर्च गरी सिंगारिएका छन् । जनकपुरधामको गंगासागर, रत्न सागर, गोरधोइ, अरगजासर, नोचा पोखरी, दुधमती जलाशयहरुमा धुमधामसँग रंगिचंगी बत्ती, श्रृंगारका सामग्रीले यस क्षेत्रको सौन्दर्य नै बढाएको छ ।

जनकपुरधामका हाट, बजार, सडक र गल्ली छठ पूजाका लागि आवश्यक पर्ने पूजा सामग्री, माटोबाट बनाइएको कलश, दियो, हात्ती, बाँसको चोयाबाट बुनिएको परम्परागत भाँडाकुँडा नाङ्लो, दाउरा, सुपली, छैँटी, ढकनीबाट सजिएका छन् ।

गंगासागरको घठघाटका केही तस्बिरहरू


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *