बेलायतमा गोरा नेताहरूको संकट ! – Nepal Press

बेलायतमा गोरा नेताहरूको संकट !

यद्यपि बेलायतको मन्त्रीमन्डलमा हेरफेर हुँदा नेपालका लागि खासै कुनै ठूलो समाचार हुँदैन र यसबारे नेपाली पत्रकारहरुले धेरै चर्चा परिचर्चा गरिरहन पनि आवश्यक छैन । तर, यसपालिको बेलायती मन्त्रीमण्डलको हेरफेरले भने मध्यपूर्वको राजनीतिलाई प्रभाव पार्ने हुँदा विश्व वामपन्थी तहमा यसको चर्चा भएको छ । किनभने मन्त्रिपरिषद् पुनर्गठनमा पूर्वप्रधानमन्त्री डेभिड क्यामरुन परराष्ट्रमन्त्री नियुक्त भएपछि मध्यपूर्वमा भैरहेको युद्ध रोक्ने कुनै उपाय आउला त भन्ने प्रश्न अवश्य उठेको छ ।

बेलायती विदेश नीतिको विरासत भनेको उसले एक तिहाइ विश्वमा गरेको कोलनीराज, कोलनीपछि राज्यहरुलाई टुक्रा टुक्रा पारेर गराएको अस्थिर राजनीति र युद्धको बीउको रोपाइ अनि लिबिया र सिरियामा मृत्यु, विनाश र पीडा हो भन्ने बुझ्न कठिन छैन । बेलायतको कोलनी, फुटाउ र राज्य गर भन्ने राजनीतिक परिदृश्य हेर्दा डेभिड क्यामरुनले मध्यपूर्वमा शान्ति ल्याउने सम्भावना शून्य देखिन्छ ।

उनी सांसद नभएका कारण क्यामरुनलाई पियरेज दिइनेछ र हाउस अफ लर्डस्मा राखिनेछ । क्यामरुनले परराष्ट्र मन्त्रालय सम्हालेपछि अहिलेसम्मका परराष्ट्रमन्त्री जेम्स क्लिभरली गृहमन्त्री बनेका छन् । अहिलेसम्मकी गृहमन्त्री सुएला ब्रेभम्यान मन्त्रीमण्डलबाट हटाइएकी छन् ।
बेलायती सभामुख लिन्डसे होयलका अनुसार वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीरतालाई ध्यानमा राख्दै, विशेषगरी यो सदनले परराष्ट्र कार्यालयको कामलाई प्रभावकारी रूपमा छानबिन गर्न सक्षम हुन महत्वपूर्ण भूमिका खेल्न सक्नुपर्छ ।

प्रधानमन्त्री ऋषि सुनकको अहिलेको हेरफेरको अर्थ सुएला ब्रेभरम्यान गृहमन्त्री नरहेपछि राज्यका चारै ठूला कार्यालय अब पुरुषको हातमा रहनेछ । यस अर्थमा प्रधानमन्त्री ऋषि सुनकलाई छिट्टै एउटा राजनैतिक चुनौती आउनेछ । सायद एकदुई महिनाभित्रै मन्त्रिपरिषद्को हेरफेरका लागि उम्मेदवार खोज्नुपर्ने हुनेछ । किनभने अहिले निकालिएकी गृहमन्त्री सुएला ब्रेभम्यानले पार्टीभित्रका महिलाहरुबीच बलियो पकड राख्छिन् ।

केही हप्ताअघि ऋषि सुनकले डेभिड क्यामरुनलाई असफल यथास्थितिको हिस्सा भएको बताएका थिए । तर, अहिले उनले उनै क्यामरुनलाई आफ्नो राजनैतिक जीवनको महत्वपूर्ण भाग बनाएका छन् । क्यामरुन प्रधानमन्त्री भएको बेलामात्र पार्टी प्रवेश गरेका ऋषि सुनकले क्यामरुनलाई चीनसँग राम्रो सम्बन्ध प्रवर्द्धन गरेको भनी त्यतिबेलै आक्रमण गरेका थिए ।

केही हप्ताअघि ऋषि सुनकले डेभिड क्यामरुनलाई असफल यथास्थितिको हिस्सा भएको बताएका थिए । तर, अहिले उनले उनै क्यामरुनलाई आफ्नो राजनैतिक जीवनको महत्वपूर्ण भाग बनाएका छन् । क्यामरुन प्रधानमन्त्री भएको बेलामात्र पार्टी प्रवेश गरेका ऋषि सुनकले क्यामरुनलाई चीनसँग राम्रो सम्बन्ध प्रवर्द्धन गरेको भनी त्यतिबेलै आक्रमण गरेका थिए । यसले के बुझाउँछ भने राजनीतिमा दीर्घ शत्रु वा दीर्घ मित्र हुने रहेनछ । डेभिड क्यामरुनले परराष्ट्रमन्त्रीको शपथ लिएपछि बीबीसीसँगको एक अन्तर्वार्तामा भने ऋषि सुनकका केही व्यक्तिगत निर्णयहरूमा मेरो असहमति हुनसक्छ । तर, यो मलाई स्पष्ट छ कि ऋषि सुनक एक बलियो र सक्षम प्रधान मन्त्री हुन्, जसले कठिन समयमा उदाहरणीय नेतृत्व देखाए ।

क्यामरुनले २०१५ सालको आमनिर्वाचनको प्रचारप्रसारको क्रममा यदि म निर्वाचित भए भने बेलायत युरोपियन युनियनबाट बाहिर जान दुई वर्षभित्र जनमतसंग्रह गराउनेछु भनेका थिए । त्यसैकारणले समग्र दक्षिणपन्थीहरु केही अति वामपन्थीहरु, युरोपियन युनियनका विरोधीहरु र बेरोजगारहरुले डेबिड क्यामरुनलाई भोट दिएका कारण उनी प्रधानमन्त्री बने । तर, जनमतसंग्रहमा उनी आफू भने युरोपियन युनियनको हिस्सामा बसिरहने पक्षमा थिए । २०१७ सालमा भएको जनमतसंग्रहमा ब्रेक्सिटको पक्षमा बहुमत आएपछि उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि भने उनी केही समय लोप्रोफाइमै बसे ।

कन्जरभेटिभ पार्टीका केही लिबरल नेताहरु भने डेभिड क्यामरुनको फ्रन्टबेन्चमा फर्किने र ब्रेभरम्यानलाई हटाउनु पार्टीभित्र फेरबदलको मुख्य टेकवे हो । यो कन्जरभेटिभ पार्टीको विजय हो भनेका छन् । त्यतिमात्र नभएर उनीहरुले लोकतन्त्रको जीत, शान्तिका लागि आन्दोलन, टोरी पार्टीभित्रका कट्टर दक्षिणपन्थीको पराजय हो भनेरसमेत टिप्पणी गरेका छन् । लेबर पार्टीले पनि यो मन्त्रिपरिषद्को पुनर्गठनलाई प्यालेस्टाइनका जनतासँगको ऐक्यबद्धताको असाधारण प्रदर्शन हुनसक्ने सम्भावनाका रुपमा लिएका छन् । किनभने पछिल्ला हप्ताहरूमा बेलायती जनता तत्काल युद्धविरामको पक्षमा छन् । तर, कन्जरभेटिभ पार्टीभित्र भने समर्थन वा विरोधलाई देशको मुख्य विभाजनका रेखा कोरेका छन् । यो जनता र जनताबीचको विभाजन हो भन्ने देखिएको थियो । किनभने सुएला ब्रेभम्यानले कट्टरपन्थी र जनविरोधी राजनीति गरेकोमात्र नभइ गृह मन्त्रालयभित्र उग्र दक्षिणपन्थीहरुलाई भित्र्याएको आरोप लागेको थियो र त्यतिमात्र नभएर उनलाई इजरायल प्यालेस्टाइनामा भैरहेको युद्धको युद्धविरामको पक्षमा नगइ बरु युद्ध चर्काउने भूमिका खेलेको आरोप पनि लागेको थियो । ब्रेभरम्यान ती महिला हुन्, जसले युद्धविरामको पक्षमा भएको आन्दोलनलाई प्रतिबन्ध लगाउने निर्णय गरिन् ।

कन्जरभेटिभ पार्टीका केही लिबरल नेताहरु भने डेभिड क्यामरुनको फ्रन्टबेन्चमा फर्किने र ब्रेभरम्यानलाई हटाउनु पार्टीभित्र फेरबदलको मुख्य टेकवे हो । यो कन्जरभेटिभ पार्टीको विजय हो भनेका छन् । त्यतिमात्र नभएर उनीहरुले लोकतन्त्रको जीत, शान्तिका लागि आन्दोलन, टोरी पार्टीभित्रका कट्टर दक्षिणपन्थीको पराजय हो भनेरसमेत टिप्पणी गरेका छन् ।

ऋषि सुनक प्यालेस्टाइन समर्थक कार्यकर्ताहरूको गिरफ्तारीलाई छुटाउन कमजोर देखिए । यद्यपि, उनी यो चाहन्थे । यस अर्थमा गृह मन्त्रालयमा ब्रेभम्यानको राजीनामा र परराष्ट्र मन्त्रालयमा डेविड क्यामरुनको इनले विश्व राजनीतिमा केही फरक पार्नसक्छ भन्ने तर्क गर्न सकिन्छ । किनभने डेविड क्यामरुन पूर्वप्रधानमन्त्री हुन् । यस अर्थमा उनले विश्व राजनीतिलाई हेर्ने आँखा र त्यसअनुसार रणनीति तयार पार्नसक्छन् । ब्रेभम्यान नितान्त संकीर्ण र उग्र दक्षिणपन्थी चिन्तन लिएर हुर्केकी वकिल हुन् । यद्यपि, उनी कन्जरभेटिभ पार्टीभित्र २००३ सालदेखि नै क्रियाशील छन् । उनी कन्जरभेटिभ पार्टीभित्र छिट्टै कसरी माथि उठ्न सकिन् ? उनी एक महिला, अनि अफ्रो-इन्डियन समुदायबाट आएकीले उक्त सामुदायिक कोटाबाट छिट्टै भर्‍याङ चढ्न सफल भइन् ।

डेविड क्यामरुनको पुनः राजनीतिमा इन हुनुको अर्को कारण के हुनसक्छ भने बेलायती कन्जरभेटिभ पार्टी जनस्तरमा अलोकप्रिय हुँदै गैरहेको छ । ऋषि सुनकले यसअघि पनि पार्टी नेतृत्वका लागि दाबी गरेका थिए । तर, उनी विदेशी पृष्ठभूमिबाट आएकाले कट्टर कन्जरभेटिभहरुले उनलाई हराएर एकदमै कमजोर पृष्ठभूमि भएकी लिजट्र्सलाई चुने र उनी डेढ महिनामात्र प्रधानमन्त्रीको पदमा कार्यरत रहिन् । अनि समग्र बेलायतमा राजनैतिक संकट आयो भने कन्जरभेटिभ पार्टीभित्र नेतृत्वको संकट भयो । लिजट्र्सले राजीनामा दिएपछि ऋषि सुनक प्रधानमन्त्री बने । उनी बेलायतको राजनीतिलाई एक हदसम्म लिकमा ल्याउन सफल भए । तर, बेलायती कन्जरभेटिभ नेताहरु जो माथिल्लो सदनमा बस्छन् । उनीहरुले विदेशी पृष्ठभूमिबाट आएकालाई प्रधानमन्त्री स्वीकार गर्न अप्ठेरो मानिरहेका थिए ।

बेलायतीहरु कोलोनीको हैकम हुँदा बेलायतका मुख्य पार्कहरुमा कुकुर र भारतीयहरुलाई प्रवेश निषेध गर्थे भने त्यस्तो साइनबोर्ड देखेका पुस्ताहरु केही ९० वर्षमाथिका आज पनि जिउँदैछन् । उनीहरुलाई ऋषि सुनकलाई प्रधानमन्त्री स्वीकार गर्न अन्तरहृदयले मानिरहेको छैन । यसैले क्यामरुनलाई परराष्ट्रमन्त्री बनाउने निर्णय ऋषि सुनकमाथि माथिल्लो सदनमा बस्ने लर्डहरुको दबाब पनि हुनसक्छ र आगामी निर्वाचनमा डेविड क्यामरुनलाई पार्टीको रक्षाकवच अर्थात पेशमेकरका रुपमा अगाडि सार्ने कन्जरभेटिभका पुराना बुढा नेताहरुको रणनीति पनि हुनसक्छ । किनभने अहिलेसम्म पनि ती बुढा कन्जरभेटिभ नेताहरुले राजनैतिक शक्ति सञ्चय गरेर राखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *