बङ्गलादेशमा आगामी जनवरीमा संसदीय निर्वाचन हुँदै – Nepal Press

बङ्गलादेशमा आगामी जनवरीमा संसदीय निर्वाचन हुँदै

काठमाडौं । बङ्गलादेशका मुख्य निर्वाचन आयुक्त काजी हबिबुल अवालले देशको १२ औँ संसदीय निर्वाचन जनवरी ७ मा हुने बताएका छन् ।

राष्ट्रका नाममा टेलिभिजनमा सम्बोधन गर्दै अवलले यस्तो घोषणा गरेका हुन् । कार्यतालिकाअनुसार उम्मेदवारहरूले नोभेम्बर अन्तिमसम्म उम्मेदवारी दर्ता गर्नुपर्नेछ । उम्मेदवारी फिर्ता लिने अन्तिम मिति डिसेम्बरमा तोकिएको छ ।

उम्मेदवारहरूले नोभेम्बर अन्तिमदेखि चुनावी प्रचार शुरु गर्न सक्नेछन् । निर्वाचन कार्य तालिका सार्वजनिक गर्दै अवालले सबै राजनीतिक दललाई निर्वाचनमा जुट्न आग्रह गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर