दोस्रो जलवीरे कपको उपाधि मेलम्चीले जित्यो – Nepal Press

दोस्रो जलवीरे कपको उपाधि मेलम्चीले जित्यो

सिन्धुपाल्चोक । जलवीरे युवा क्लबको आयोजनामा शुभ दीपावलीको अवसरमा भएको दोस्रो जलवीरे कप भलिबलको उपाधि मेलम्ची नगरपालिकाले हात पारेको छ ।

आज भएको फाइनल खेलमा मेलम्ची नगरपालिका–२ ले मेलम्ची नगरपालिका–७ लाई हराउँदै उपाधि हाता पारेको हो ।

अन्तरपालिका स्तरीय भलिबल प्रतियोगितामा सिन्धुपाल्चोकका विभिन्न पालिका र क्लब सहित १२ टिमको सहभागिता रहेको थियो ।

जलवीरे युवा क्लबले गत वर्षदेखि दीपावलीको अवसरमा भलिबल प्रतियोगिताको आयोजना सुरु गरेको क्लबका अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा जुगल गाउँपालिका तेस्रो र आयोजक जलवीरे युवा क्लब चौथो भएको थियो । विजेता मेलम्ची–२ का जर्सी नम्बर १० का रामबहादुर गिरी वेस्ट लिफटर घोषित भएका थिए भने मेलम्चीकै रोशन तामाङ वेस्ट सटर घोषित भएका थिए ।

मेलम्चीकै रमेश खतिवडा वेस्ट प्लेयर, डम्बरबहादुर तामाङ डिफेन्डर आयोजक जलवीरे युवा क्लबका रोहन श्रेष्ठ उत्कृष्ट सर्भर घोषित भएका थिए ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख सहित ट्रफी पाएको थियो भने दोस्रो हुने टिमले नगद ५० हजार सहित ट्रफी,तेस्रो ले नगद २५ हजार र सान्त्वनाले नगद १० हजार पाएका थिए ।

विजेता क्लब तथा खेलाडीहरूलाई सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिना,नेकपा एमाले सिन्धुपाल्चोकका अध्यक्ष कमल नेपाल लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितालाई आगामी वर्ष पनि निरन्तरता दिने क्लबका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

खेल क्षेत्रलाई तिनै तहका सरकारले प्राथामिकता दिनु पर्ने कार्यक्रमका प्रमुख अतिथि एवम सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर