चिकित्सकमाथिको धम्की रोक्न आग्रह – Nepal Press

चिकित्सकमाथिको धम्की रोक्न आग्रह

रुपन्देही । युनिभर्सल मेडिकल कलेज भैरहवामा अपरेसन गरेकी एक महिलाको विभिन्न समस्या आएर मृत्यु भएपछि उपचारमा संलग्न चिकित्सकहरूलाई धम्की दिएको भन्दै नेपाल चिकित्सक संघ लुम्बिनी शाखाले आपत्ति जनाएको छ ।

संघले एक विज्ञप्ति जारी गरी मेडिकल कलेजमा बच्चा जन्माउने अपरेशनपश्चात विभिन्न समस्या आएर सावित्रा खनालको मृत्यु भएको उल्लेख गर्दै सामाजिक सञ्जाल र पत्रपत्रिकामार्फत चिकित्सकहरूको बदनाम गर्ने र उपचारमा संलग्न चिकित्सक र उनीहरूको परिवारलाई सुरक्षाको धम्की दिने जस्ता घटनाहरू भएको दाबी गर्दै यसप्रति चिकित्सक संघको ध्यानाकर्षण भएको उल्लेख गरेको छ।

नेपाल चिकित्सक संघ लुम्बिनी शाखाका अध्यक्ष डा. इन्द्र ढकाल र महासचिव डा. सन्तोष पोखरेलद्वारा जारी विज्ञप्तिमा उपचारमा चित्त नबुझे कानूनी बाटोको व्यवस्था हुँदा हुँदै डाक्टरहरूको बदनाम गराउने संस्कारको विकास हुनु ज्यादै निन्दनीय भएको भन्दै चिकित्सकहरूको हक हित र सुरक्षाका लागि कानुनी बाटो अवलम्बन गर्न बाध्य हुने संघले जनाएको छ।

संघले विज्ञप्तिमा यस्ता क्रियाकलाप बढ्दै गए आफ्ना सदस्यहरूको हक हित र अधिकारका लागि कानुनी बाटो अवलम्बन गर्न बाध्य हुने उल्लेख गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *