देउसी-भैलो संस्कृतिको जगेर्नाको लागि अमेरिकामा प्रतियोगिता – Nepal Press

देउसी-भैलो संस्कृतिको जगेर्नाको लागि अमेरिकामा प्रतियोगिता

काठमाडौं । अमेरिकाको कोलम्बसमा बस्ने नेपाली समुदायमाझ देउसी-भैलो प्रतियोगिता आयोजना गरिएको छ । विश्वकर्मा सोसाइटी अफ अमेरिकाको आयोजनामा गरिएको प्रतियोगितामा ११ समूह प्रतिस्पर्धी थिए ।

प्रतियोगितामा सगीना देउसी समूहले प्रथम स्थान ओगटेको छ । त्यस्तै एभरेस्ट क्लब दोस्रो, देउराली देउसी भैलौ ग्रुप तेस्रो र डिभाइन म्यूजिक ग्रुपले सान्तवना स्थान ओगटेका छन् । प्रथम देखि सान्त्वनासम्मलाई क्रमश: ५१ हजार, ३१ हजार, ३० हजार, २० हजारसहित ट्रफी र प्रमाण पत्र प्रदान गरिएको छ ।

प्रतियोगितामा नविन खड्का, दीपक गजमेर, योगिता खनाल र केशव पौडेलले निर्णायकको भूमिका निभाएका थिए । एक्रोन शहरको आमा समूह, एक्रोन मारुनी समूह र कोलम्बस मारुनी समूहले मारुनी नृत्य प्रस्तुत गरेको थियो ।

नेपाली कला, संस्कृति र साहित्यको प्रवर्द्धन र उत्थानमा निकै नै क्रियाशील रहँदै आएको विश्वकर्मा सोसाइटी अफ अमेरिकाले विभिन्न किसिममा सामाजिक कामहरू गर्दै आएको छ ।

सोसाइटीले शिक्षा, खेलकुदसँगै विभिन्न गतिविधिमार्फत नेपाली कला र संस्कृतिको उत्थानमा टेवा पुर्‍याउँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *