जाजरकोट भूकम्प : हवाई माध्यमबाट सेनाले गर्‍यो १० हजार केजी राहत सामग्री ढुवानी – Nepal Press

जाजरकोट भूकम्प : हवाई माध्यमबाट सेनाले गर्‍यो १० हजार केजी राहत सामग्री ढुवानी

काठमाडौं । नेपाली सेनाले हवाई माध्यमबाट अहिलेसम्म करिब १० हजार किलोग्राम र अन्य अतिआवश्यक राहत सामग्री भूकम्प प्रभावित इलाकामा ढुवानी गरेको छ । जटिल प्रकृतिका घाइतेलाई थप उपचारको लागि उद्धार गर्नुको साथै राहत सामग्री पठाइएको सेनाले जनाएको छ ।

सेनाको परिचालित फौजले अन्य सुरक्षा निकाय, जनप्रतिनिधि, सरकारी र गैर सरकारी संघ संस्थाका पदाधिकारी लगायत आम सर्वसाधारणसँग सहकार्य गर्दै प्रभावित इलाकामा भग्नावशेष हटाउने, स्थानीयका भग्नावशेषमा पुरिएका सामान निकाल्ने तथा भूकम्प प्रभावितको अस्थायी वासस्थान व्यवस्थापन लगायतका कार्य गरिरहेको सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

उनका अनुसार जाजरकोट भूकम्पलगत्तै परिचालित फौजले जाजरकोटको १३ स्थान र पश्चिम रुकुमको सात स्थानमा तैनाथ रही उद्धार कार्य जारी राखेको र नेपाली सेनाको हवाई माध्यमबाट जाजरकोट तथा रुकुम पश्चिमबाट हालसम्म ३१ जना घाइते तथा कुरुवा २४ जनालाई नेपालगञ्ज तथा सुर्खेत पुर्‍याइएको छ ।

यसै गरी, आइतबार बिहान जाजरकोटबाट थप एकजना घाइतेको हवाई उद्धार गरिएको, स्वास्थ्यकर्मी एवं विशेषज्ञसमेतको विभिन्‍न युनिटको टोली १० स्थानमा स्ट्याण्डवाइ रहेका प्रवक्ता भण्डारीले बताए । उनका अनुसार जाजरकोट अस्पताल, चौरजहारी तथा आठबीसकोट इलाकामा खटिएको मेडिकल टोलीबाट १२५ जना घाइतेको उपचार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर