कांग्रेसको आह्वान- पुराना दलले गर्दैनन् भन्ने भाष्य खडा गर्दैछन्, व्यवस्थाको रक्षार्थ जुटौं – Nepal Press

कांग्रेसको आह्वान- पुराना दलले गर्दैनन् भन्ने भाष्य खडा गर्दैछन्, व्यवस्थाको रक्षार्थ जुटौं

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले अहिलेको संविधान असफल गर्ने छुट कसैलाई नभएको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संविधान असफल भयो भने मुलुक एउटा अनिष्टकारी खतरा, विषम परिस्थितिमा पुग्नसक्ने बताए ।

उनले भने, ‘यो संविधान धेरै ठूला क्रान्ति र बलिदानहरूको ७० वर्ष लामो ठूलो राजनीतिक यात्राबाट प्राप्त भएको संविधान हो । यतिका संविधान असफल भइसकेको अवस्थामा यो संविधान पनि असफल हुने स्थिति आयो भने मुलुकलाई राम्रो गर्दैन । त्यसैले यो संविधानलाई सफल गर्नुछ । यसलाई सफल बनाउनको लागि लोकतान्त्रिक मूल्य र मान्यताको परिधिमा बसेर संवाद, सहमति र सहकार्यको संस्कृतिको विकास गर्नुपर्छ ।’

अहिलेको पुराना राजनीतिक दल र यो संविधानले काम गर्न सक्दैन भन्ने भाष्य खडा गर्न खोजिएको उनको भनाइ थियो ।

उनले भने, ‘यो संविधान र व्यवस्था असफल भयो भने मैले आग्रह गरें मुलुक ठीक ठाउँमा पुग्दैन । त्यसैले यो संविधान र व्यवस्थाको सुरक्षाको लागि राजनीतिक दलहरू एकैठाउँमा उभिनु जरुरी छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर