सन्दीपले लिए २ बलमा २ विकेट, ओमानको ६ विकेट गयो – Nepal Press

सन्दीपले लिए २ बलमा २ विकेट, ओमानको ६ विकेट गयो

काठमाडौं । आइसिसी टी-२० विश्वकप एसिया क्षेत्रको फाइनल छनोटअन्तर्गत सन्दीप लामिछानेले नेपाललाई एकै ओभरमा २ सफलता दिलाएका छन् ।

१४ औँ ओभरको पहिलो र दोस्रो बलमा लगातार विकेट लिएका हुन् ।

यस्तै ओमानविरुद्ध सोमपाल कामीले २ तथा करन केसी र गुल्सन झाले १-१ विकेट लिएका छन् ।

अहिले ओमान १३ ओभर २ बलमा ८७-६ को अवस्थामा छ ।

यसअघि भएको खेलमा दुवै टोली अपराजित रहँदै समान चार अङ्क जोडेका छन् । तर ओमान नेटरनरेटका आधारमा शीर्षस्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ ।

प्रतियोगितामा दुवै टोली एक खेलअगावै समूह ए बाट सेमिफाइनलमा पुगिसकेका छन् । आजको खेलले समूहको विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।

नेपालले आजको खेलमा कुनै पनि खेलाडीलाई परिवर्तन गरेको छैन । नेपालको प्लेइङ ११ मा कप्तान पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर