एसीसी यू- १९ प्रिमियर कपको उपाधि जितेर स्वदेश फर्केको नेपाली टोलीलाई विमानस्थलमा भव्य स्वागत (भिडिओ) – Nepal Press

एसीसी यू- १९ प्रिमियर कपको उपाधि जितेर स्वदेश फर्केको नेपाली टोलीलाई विमानस्थलमा भव्य स्वागत (भिडिओ)

काठमाडौं । मलेसियामा सम्पन्न एसीसी यू- १९ प्रिमियर कपको उपाधि जितेर नेपाली  किक्रेट टोली स्वदेश फर्केको छ ।

कडा प्रतिस्पर्धामा यूएईलाई हराउँदै फाइनलमा जित हासिल गरेको नेपाली टोलीलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेको छ । उनीहरुलाई विमानस्थलमा क्यानका पदाधिकारीहरुले फुलमाला खादाले स्वागत गरेका थिए ।

मंगलबार भएको खेलमाटस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा २८० रनको बलियो स्कोर खडा गरेको थियो । जवाफी ब्याटिङमा उत्रेको यूएईले २ विकेट क्षतिमा ५२ रन बनाएको अवस्थामा वर्षाका कारण खेल लामो समय अवरुद्ध भएको थियो ।

वर्षा रोकिएपछि डिएल मेथड अनुसार यूएईलाई २७ ओभरमा १९८ रनको परिमार्जित लक्ष्य दिइयो । तर, यूएई १७८ रनमा अलआउट भएको छ । नेपालका अलराउन्डर आकाश त्रिपाठीले महत्त्वपूर्ण चार विकेट लिएपछि यूएई लक्ष्यसम्म पुग्न सकेन । यूएईका ध्रुव परासले आक्रामक ५९ रन बनाउँदै नेपाललाई अत्त्याएका थिए । उनको विकेटसँगै यूएई कमजोर बन्यो ।

यसअघि नेपालका लागि कप्तान देव खनालले शानदार शतक बनाए । उनी ९२ बलमा १०० रन बनाएर आउट भएका थिए । उनले ओपनर अर्जुन कुमालसँग गरेको शतकीय साझेदारीले नेपाललाई बलियो स्थितिमा पुर्‍याएको थियो ।

    

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर