के मानव जाति युद्धविना बाँच्न सक्दैन ? – Nepal Press

के मानव जाति युद्धविना बाँच्न सक्दैन ?

इजरायलमा बेन्यामिन नेतान्याहु प्रधानमन्त्री बनेदेखि इजरायली कन्जरभेटिभ अतिवादीहरुले प्यालेस्टाइनसँग निहुँ खोजिरहेका थिए । के निहुँ पाउँ कनिका बोकाउँ भैरहेको इजरायललाई दुई हप्ताअघि प्यालेस्टाइनले आफूमाथि बम हानेपछि परफेक्ट कारण बन्यो । त्यसयता इजरायलले गाजामाथि बमफाल्न छोडेको छैन ।

अर्कोतिर युरोपको बीचौंबीचमा सन् २०१४ देखि रुस र युक्रेनको झगडाका कारण विगत झण्डै दुई वर्षदेखि युक्रेनको आकाशमा हवाईजहाज क्षतविक्षत पारिँदै आएका छन् । आफूलाई राष्ट्रवादी भन्न मनपराउने रुस एउटा समूह र अर्कोतिर आफूलाइ राष्ट्रवादी भन्न मन पराउने युक्रेनी अतिवादीहरुले तेस्रो विश्व युद्धको सपना देखिरहेका छन् ।

आज बिहानको एक आधिकारिक समाचारअनुसार संयुक्त राज्य अमेरिकाले इजरायल र युक्रेनका लागि एक खर्ब यूएस डलर प्यालेस्टाइन र रुसविरुद्ध युद्ध लड्न उपलब्ध गराउने घोषणा गरेको छ । राष्ट्रपति जो वाइडेन भन्छन्- जबसम्म रुसबाट पुटिन र प्यालेस्टाइनबाट हमासको अन्त हुँदैन तबसम्म यूएसए र पश्चिमेली मुलुक निर्धक्कसँग सुत्नसक्ने छैनन् ।

अमेरिकाको चाहनाअनुसार भैरहेको रुस र युक्रेनबीचको युद्धको मूल उद्देश्य भनेको युरोपलाई कमजोर बनाएर अमेरिकाले विश्वभर एकछत्र राज्य गर्ने नै हो । युरोपेलीहरुले यी कुरा राम्रोसँग बुझेका छन् । तापनि उनीहरु केही न केही शर्तका कारण विवश छन् ।

युद्ध, युद्ध र फेरि पनि युद्ध । मध्यपूर्व र विश्वका अन्य कुनाकाप्चाका मुलुकहरुमा एकपछि अर्को गर्दै युद्ध झाँगिरहेको छ । संयुक्त राज्य अमेरिका र पश्चिमेली राज्यहरुहरु चीनमाथि विषवमन गर्छन् । युक्रेनले आफ्नो कालो छायाँ युरोपमाथि फैलाइरहेको छ । इन्टरनेशनल इन्स्टिच्युट फर इस्ट्राटजीको एक अध्ययनअनुसार विश्वभर अहिले ४१ हातहतियारसहितका युद्धहरु भैरहेका छन् । अहिले लाग्छ हरेक हप्ता नयाँ युद्धको शुरुवात हुँदैछ । युक्रेन, सिरिया, इराक, यमन, लिबिया, नाइजेरिया, र अहिले नयाँ इजरायल र प्यालेस्टाइन ।

केही वर्ष अघिसम्म राजनीतिज्ञहरु, डिप्लोम्याटहरु र गृहयुद्ध, युद्ध एवं आतंक अन्वेषकहरुले अब शितयुद्ध सकिएपछि विश्वमा शान्ति छाउने कुराहरु गरिरहेका थिए । हातहतियारको एरा सकिएको, सर्वसाधारण जनताबीचको दुश्मनी (कन्ल्फिक्ट)को अन्त भएको, अब काटमारको बदला स्वेच्छाको सरसल्लाह, समझदारी र सम्झौता हुने भनेर बहस गर्थे ।

केही वर्ष अघिसम्म राजनीतिज्ञहरु, डिप्लोम्याटहरु र गृहयुद्ध, युद्ध एवं आतंक अन्वेषकहरुले अब शितयुद्ध सकिएपछि विश्वमा शान्ति छाउने कुराहरु गरिरहेका थिए । हातहतियारको एरा सकिएको, सर्वसाधारण जनताबीचको दुश्मनी (कन्ल्फिक्ट)को अन्त भएको, अब काटमारको बदला स्वेच्छाको सरसल्लाह, समझदारी र सम्झौता हुने भनेर बहस गर्थे । तर, अहिले ? कैयौं विश्व साँच्चै छल, कपट, युद्ध, आतंक र काटमारको विश्व बन्ने हो त ? के मानव जाति युद्धविना बाँच्न सक्तैन ?

अहं ! युद्धविना मानव जाति बाँच्न सक्दैन भनी दबवी गर्छन् बेलायती इतिहासकार इआन मोरिस । उनको सन् २०१४ मा प्रकाशित उत्तेजित शीर्षक ‘युद्ध केका लागि राम्रो हो’नामक पुस्तकमा उनी लेख्छन्- युद्धहरु ठूला मुलुकहरुले आआफ्नो शक्ति प्रदर्शन गर्न र आफ्ना राज्यहरु अझ शक्तिशाली बनाउन गर्छन् । संसारमा जतिजति ठूला सामाजिक संघ, संस्थाहरु बन्छन्, त्यत्ति नै व्यक्तिवादी हत्या र अपराधहरु कम हुँदै जान्छन् भन्ने उनीहरुको धारणा छ । त्यतिखेर आफूलाई ठूलो शक्ति मान्ने मुलुकले आफूमाथि आएको धम्की सम्झिन्छ र हतियारसहितको युद्ध शुरु गर्छ ।

इआन मोरिसका उक्त पंक्तिहरुले बेलायती अर्का दार्शनिक थोमस होब्सको सिद्धान्त राज्यशक्तिको एकाधिकार (मोनोपोली अफ स्टेट)को ताजा सम्झना गराउँछ । थोमस होब्सका अनुसार सर्वसाधारण जनता आफ्नो भएभरको सम्पत्ति, इज्जत, मूल्य र मान्यता सुरक्षाका निम्ति राज्यविरुद्ध आन्दोलित हुन्छन् । आन्दोलनबाटै आफ्ना मूल्य, मान्यता, सम्पत्ति र इज्जतको सुरक्षा होसु भन्ने चाहन्छन् । तर, आन्दोलित हुदै जाँदा सुरक्षाको सम्भावना झनभन्दा झन तुहिँदै जान्छ । किनभने या राज्यशक्तिले आन्दोलनलाई तितरबितर पार्छ या त त्योभन्दा ठूलो शक्तिले आन्दोलनलाई हाँक्न थाल्छ र अर्को ठूलो राज्यशक्तिबीच युद्ध सुरु हुन्छ । ठीक यस्तै भएको हो युक्रेनमा ।

युक्रेनको आन्दोलनलाई युक्रेनभन्दा ठूलो शक्ति यूएसए, नेटो र युरोपियन युनियनले आन्दोलनको दुई विपरीत ध्रुवबाट हाँक्न थाल्यो र अर्को ठूलो राज्यशक्ति रुसबीच युद्ध सुरु भयो ।

इआन मोरिसले यसप्रकारका युद्धलाई ‘उत्पादनमूलक युद्ध (प्रोडक्टिभ वार)’भनेर नामकरण गरेका छन् । उनका अनुसार युद्ध नै नयाँ समाज र नयाँ सामाजिक मान्यता निर्माणको एउटा सही उपाय हो । उनले यसलाई पाक्सरोमनको उदाहरण दिएका छन् । उनका तर्कलाई सरसर्ती हेर्दा अहिलेको फ्रान्सको विद्यमान समाज एउटा ठूलो विश्व प्रशिद्ध युद्ध पेरिस कम्युन फ्रान्सेली युद्धको विकसित समाज हो भन्ने बलियो तर्क दिन्छ ।

शान्ति भनेको सामान्य अवस्था हो । तर, शान्तिलाई एकपछि अर्को युद्ध अपराधले दखल दिइरहेको छ । यस अर्थमा युद्ध प्रोडक्टिभ हुन्छ भन्न सकिन्न । बरु यसलाई समाजको नोक्सानदायी कारक भन्दा उपयुक्त हुनेछ । अपराधीहरुको दम्भ, रिस, राग, द्वेष र बदला लिन चाहनेहरुको घमण्डभन्दा अनुपयुक्त हुने छैन । युद्ध जसले मानव समाजलाई छिन्नभिन्न पारिरहेको छ ।

इआन मोरिसको जतिसुकै बलियो तर्क भए पनि उनको तर्कमा खोटहरु भने सहजै देख्न सकिन्छ । युद्ध परिस्थितिको अनायास विकास भैरहेको बेला एउटा व्यक्ति वा एउटा समुदायले त्यसलाई नियन्त्रणमा लिन वा तात्कालिक व्याख्या गर्न सक्तैन । उत्तेजित मानवद्वारा परिचालित हातहतिया र पनि नियन्त्रण हुन सक्तैन । यो लथालिंग र भताभुंग नोक्सानदायी हुन्छ । अघिल्ला शताब्दीहरुमा र २१औं शताब्दीको सुरुमै भएका युद्धहरु उत्पादनमूलक थिए भन्न सक्ने बलियो आधार छैन ।

शान्ति भनेको सामान्य अवस्था हो । तर, शान्तिलाई एकपछि अर्को युद्ध अपराधले दखल दिइरहेको छ । यस अर्थमा युद्ध प्रोडक्टिभ हुन्छ भन्न सकिन्न । बरु यसलाई समाजको नोक्सानदायी कारक भन्दा उपयुक्त हुनेछ । अपराधीहरुको दम्भ, रिस, राग, द्वेष र बदला लिन चाहनेहरुको घमण्डभन्दा अनुपयुक्त हुने छैन । युद्ध जसले मानव समाजलाई छिन्नभिन्न पारिरहेको छ ।

युद्ध, जसले यसै पनि विश्व तहसनहस पारिरहेको बेला पश्चिमाहरु रुसका विरुद्ध जाइलागिरहेका छन् । युक्रेन युद्धको एकमात्र जिम्मेवार रुसलाई ठहर्‍याएका छन् । युद्ध अपवाद नभएर महाशक्तिहरुको आफ्नो शक्ति परीक्षण गर्ने एउटा नियम जस्तो बनिसकेको छ अहिले । सन् १९९१ देखि सुरु भएको सोमालियाको जनयुद्ध (सिभिल वार)ले मुलुक क्षतविक्षत बनाएको छ । जहाँ तीन दशकदेखि कुनै सरकारी संयन्त्र सञ्चालन हुन सकिरहेका छैनन् ।

विगत ८ वर्षदेखि निरन्तर भैरहेको सिरियाको युद्धले त्यहाँका लाखौं सर्वसाधारण जनतालाई तितरबितरमात्र पारेको छैन कि दैनिक सयौंको संख्यामा टाउको गिंडिएको छ । सत्ता र शक्तिको दम्भ र तेलको लोभमा अमेरिकाले इराकमा छेडेको युद्धले अहिले आएर स्थानीय सर्वसाधारण जनता धार्मिक युद्धमा फसिरहेका छन् । संसारको कान्छो राज्य दक्षिणी सुडान अहिले दुई भिन्नभिन्न समुदायबीच शक्ति युद्धमा फसेको छ ।

हाम्रै नेपालमा माओवादीका नाममा गरेको दश वर्षे जनयुद्धले मुलुक खोक्रोमात्र भएको छैन कि ठूला तीन शक्तिशाली राज्यहरु (भारत, अमेरिका र युरोपियन)ले जातीयता, धार्मिकता र सम्प्रदायको खिचलो पारेर सिभिल वारमा धकेल्ने प्रयास गरिरहेका छन् । समय बित्दै जाँदा नेपालमा भएको माओवादी जनयुद्ध पनि नेपाल र नेपाली भूमिबाट मात्र परिकल्पित र उत्पादित रहेनछ भन्ने प्रमाणित भएको छ ।

जहाँजहाँ आर्थिक कमजोर हुन्छ, जहाँका जनता गरिब छन्, त्यहाँत्यहाँ शक्तिशाली राज्यहरुले आगो सल्काउने र आफ्नो स्वार्थ र शक्ति प्रदर्शन गर्ने गरेको कुरा दिनको घाम जत्तिकै छर्लंग छ ।

जहाँजहाँ आर्थिक कमजोर हुन्छ, जहाँका जनता गरिब छन्, त्यहाँत्यहाँ शक्तिशाली राज्यहरुले आगो सल्काउने र आफ्नो स्वार्थ र शक्ति प्रदर्शन गर्ने गरेको कुरा दिनको घाम जत्तिकै छर्लंग छ । उदाहरण खोज्न टाढा जानुपर्दैन, अमेरिकाले २००४ सालदेखि सीआईएको स्पेशल एक्टिभिटी डिभिजनको नेतृत्वमा उत्तरपूर्व पाकिस्तानमा रिमोट कन्ट्रोलद्वारा CREECH AIR FORCE BASE AMERIKA बाट युद्ध गरिरहेको छ । उक्त रिमोट कन्ट्रोल युद्ध लडाकु (UAV) अनम्यान्ड एरियल भिएकल्स (मान्छे नभएको लडाकु विमान २००४ को तुलनामा बाराक ओबामाको पालादेखि अहिलेसम्म अरु बढ्दै गैरहेको छ । अमेरिकीहरुले खासगरि ‘वार अनटेरोर’ घोषणा गरेदेखि यसप्रकारको स्ट्राटेजी प्लान गरेका हुन् ।

अचम्मको कुरा त के भने सत्ताधारीहरुले आफू सत्तामा बसिरहन र नितान्त व्यक्तिगत स्वार्थपूर्ति गर्न दोहोरो चरित्र देखाउने गर्छन् । एकातिर पाकिस्तानी सरकारले आफ्ना जनतासमक्ष पाकिस्तानमाथि भैरहेको अमेरिकी आक्रमणको विरोध गरेको देखाएको छ भने अर्कोतिर पाकिस्तान सरकारले अमेरिकालाई साम्जी एयर फिल्ड पाकिस्तानबाट मान्छे नभएको लडाकु विमान अर्थात रोबोट चलाउन अनुमति दिइरहेको छ । अमेरिकाले लगभग डेढ दशकदेखि पाकिस्तानी गुरिल्ला एवं स्वतन्त्रता सेनानीविरुद्ध आक्रमण गरिरहेका छन् । सीआईएले यसको प्रतिफल लिँदै आएको छ ।

त्यतिबेला एक पत्रकार सम्मेलनमा तत्कालीन अमेरिकी विदेशमन्त्री हिलारी ल्किन्टनसमक्ष पत्रकारहरुले सोधेको प्रश्नको जवाफमा उनले अमेरिकाको युद्ध स्ट्राटेजी प्लान र टेक्नोलजीबारे कुनै कमेन्ट गर्न चाहन्न भनिन् । यसप्रकारको युद्ध लडाकु विमानहरु २००१ मा अफगानिस्तानमाथि आक्रमण गरेदेखि पाकिस्तान र सिरियाको आकाशमा उडिरहेका छन् । यी मान्छेविहीन युद्धक विमानहरु अमेरिकी पाइलटहरुले CREECH AIR FORCE BASE AMERIKAबाट उडाइरहेका छन् । उनीहरुले खिचेका भिडियोहरु पाकिस्तानी सरकारलाई उपलब्ध गराउँदै आएका छन् । ती मान्छेविहीन युद्धक विमानहरु अफगानिस्तानको जलालाबाद र कुनै कुनै पाकिस्तानबाटै उड्छन् ।

अमेरिकाले नेपालमा पनि एमसीसी पास गराएर पाकिस्तानको साम्जी एयर फिल्ड जस्तै नेपाबाट चीन र भारत हान्ने ठाउँ सुरक्षित गर्न चाहेको छ । दुर्भाग्य हाम्रा नेताहरुले अमेरिकाको यो रणनीति बुझ्न सकेनन् वा चाहेनन् । श्रीलंका र नेपालमा अमेरिकीहरुको एयर बेस भएपछि दक्षिण एसिया कब्जा गर्ने उनीहरुको रणनीति रहेको बुझ्न कठिन छैन ।

२०१४ सालमा न्यूयोर्क टाइम्सको एक रिपोर्टअनुसार ती मान्छेविहीन युद्धक विमानहरु सीआईएको हेडक्वाटर लाङ्गली, भर्जिनियाबाट कन्ट्रोल गरिरहेका छन् । उता सीआईएले भने अफगानिस्तानमा गरिएका हवाई आक्रमणबाट थोरै संख्यामा मानिस हताहत हुनेगरी डिजाइन गरेको दाबी गरेको छ ।

अमेरिकाले नेपालमा पनि एमसीसी पास गराएर पाकिस्तानको साम्जी एयर फिल्ड जस्तै नेपाबाट चीन र भारत हान्ने ठाउँ सुरक्षित गर्न चाहेको छ । दुर्भाग्य हाम्रा नेताहरुले अमेरिकाको यो रणनीति बुझ्न सकेनन् वा चाहेनन् । श्रीलंका र नेपालमा अमेरिकीहरुको एयर बेस भएपछि दक्षिण एसिया कब्जा गर्ने उनीहरुको रणनीति रहेको बुझ्न कठिन छैन ।

न्यू अमेरिका फाउण्डेशनको पब्लिक रिपोर्टअनुसार ८२ वटा मान्छेविहीन युद्धक विमानहरुले २००६ सालदेखि अहिलेसम्म १७ वर्षको अवधिमा पाकिस्तानमा मात्र १० हजारभन्दा बढी मानव हत्या गरेको बताइएको छ । जसमध्ये आधीभन्दा बढी सर्वसाधारण एवं बालबच्चा भएको बताइन्छ ।

त्यतिमात्र नभएर पाकिस्तान सरकारले, जुन जुन ठाउँहरुमा मान्छेविहीन युद्धक विमानहरुमार्फत आक्रमण भएको छ, त्यहाँ त्यहाँ पत्रकारहरुलाई पुग्न र यसबारे रिपोर्ट गर्न अहिलेसम्म पनि प्रतिबन्ध लगाएको छ । त्यसैले यथार्थमा के कति मान्छेहरु, पाकिस्तानमा मान्छेविहीन युद्धक विमानहरुको आक्रमणद्वारा मारिएका छन् भन्ने थाहा लाग्नसकेको छैन । यस्तैगरी अमेरिकाले २००८ सालताक यस्तै प्रकारको आक्रमण प्यालेस्टाइनामा गर्ने योजना बनाएको थियो । जुन आक्रमणद्वारा निर्धारित रुपमा ‘टेरोरिष्ट’हरुलाई मात्र मार्ने योजना भन्दै आइरहेको हो ।

अमेरिकाका अनुसार यदि उनीहरुले यी मान्छेविहीन युद्धक विमानहरु प्यालेष्टाइनमाथि पनि चलाएमा आफ्ना सैनिकहरु मर्ने छैनन् । अमेरिकाको यो तर्कबारे अमेरिकाभित्रै निकै विरोध भएको थियो । जर्जटाउन युनिभर्सिटी, कानून विभागका प्रोफेसर ग्यरीसोलीसले न्यूयोर्कर पत्रिकासँग यो अमेरिकी योजनाको तीव्र आलोचना गरेका थिए । पछि अमेरिकीहरु यो योजनाबाट पछाडि फर्के ।

दुई सातादेखि इजरायलले प्यालेस्टाइनमाथि बमवर्षा गरिरहेको छ । दैनिक सयौं मानिसहरुको इहलीला समाप्त गरिरहेको छ । यस्तो बेलामा आफूलाई संसारको प्रहरी भन्न मनपराउने अमेरिकाले इजरायललाई बम वर्षाउन बन्द गर्ने आदेश दिन चाहेको छैन । बरु उल्टै सैनिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । एकातिर शान्ति वार्ता, हतियार बिसाउने वार्ता भन्दै विश्व जनसमुदायलाई भुलाइरहेको छ भने अर्कोतिर इजरायललाई बम वर्षाउन सहयोग गरिरहेको छ ।

के यस्तो अवस्थामा एकले अर्कोलाई विश्वास गर्न सकिएला ? के एकतर्फी चाहनाले मात्र युद्ध बन्द होला ? यद्यपि २१ औं शताब्दी लागेपछि न्युल्कियर र एटम युद्ध भएको छैन र यी हतियारहरु मिलिट्री रणनीतिमा मात्र सीमित छ । तथापि न्युल्कियर र एटम युद्ध नहोला कि भनेर ढुक्क हुने अवस्था भने अब रहेन । किनभने संसारभर लगभग १७ हजार एटम बम स्टेशन बनाइएका छन् भने ४ हजार एटम बम पड्काउन तैयारी अवस्थामा राखिएका छन् ।

केही वर्षअघि मैले एक जना भारतीय सैनिक र युद्धविशेषज्ञ (मैले उनको नाम बिर्सें)ले हिरोसिमाको यात्रा गरेपछि दिएको प्रतिक्रिया नवभारतटाइम्समा पढेको थिएँ । उनको प्रतिक्रिया थियो- केही हृदयविहीनहरुको घमण्डका कारण त्यो बेला हिरोसिमा चकनाचुर भएको भए पनि आज हिरोसिमा कलकलाउँदो र संसारका लागि उदाहरण बनेको छ । जापानी जनताप्रति म गौरव गर्छु । हुन पनि हो, एउटा न्युल्कियर एटम युद्धले दशौं लाख निमुखा जनताको हत्या हुन्छ भने हजारौं बिघा जमिन ध्वस्त पार्छ । तर पनि यो विश्वको अन्त भने हुनेछैन ।

उनी अगाडि भन्छन्- आफूलाई संसारका शक्तिशाली भन्ने मुलुकहरुले आफ्नो सुरक्षाका लागि भनेर न्युल्कियर र एटम बम स्टेशनहरु बनाएका छन् । तर, त्यो युद्ध रोक्ने कुनै समाधान होइन । बरु यो त युद्ध छेडिने ठूलो समस्या हो, जसले संसारका दशौं लाख मानिसहरुको एउटै चिहान बनाउनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *