केदार कार्कीलाई विश्वासको मत दिने, सरकार चलाएर खाने : राजेन्द्र राई (भिडिओ) – Nepal Press

केदार कार्कीलाई विश्वासको मत दिने, सरकार चलाएर खाने : राजेन्द्र राई (भिडिओ)

विराटनगर । नेकपा एकीकृत समाजवादीले पनि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने भएको छ ।

केन्द्रीय गठबन्धनको निर्णय अनुसार समाजवादीले विश्वासको मत दिने निर्णय गरेको संसदीय दलका नेता राजेन्द्र राईले बताए । उनले प्रदेशसभामा बोल्दै गठबन्धनको निर्णयअनुसार मिलेर सरकार चलाएर खाने बताए ।

उनले एकीकृत समाजवादी पनि सरकारमा सहभागी हुने बताए ।

प्रदेशसभामा बोल्दै उनले केदार कार्कीले कुनै बहादुरी काम नगरेको भन्दै बहादुरी गरेको भनेर व्याख्या नगर्न अनुरोध गरे ।

राईले भने, ‘उहाँलाई भन्दा हामीलाई मुख्यमन्त्री बन्न प्रस्ताव आएको थियो । हामीसँग भएको ४ सीटले उहाँहरूको काम चल्थ्यो तर हामी मुख्यमन्त्री बन्न दगुरेनौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर