सरकार स्थायी होइन, मलाई अरू धेरै भन्नु छैन : अध्यक्ष ओली (भिडिओ) – Nepal Press

सरकार स्थायी होइन, मलाई अरू धेरै भन्नु छैन : अध्यक्ष ओली (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको बारेमा आफूलाई कुनै प्रतिक्रिया दिन आवश्यक नरहेको बताएका छन् ।

सोमवार कान्तिपुर सिनेमाज एपको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार कहिल्यै पनि स्थायी नहुने बताए ।

उनले अहिलेको सरकारले पनि चलचित्र क्षेत्र र सेन्सरका समस्याका बारेमा सुन्नुपर्ने बताए । उनले नौरथा लागेको बेला शुभकामना दिनुपर्ने बेला सरकारको बारेमा भनिरहनु आवश्यक नरहेको बताए ।

अध्यक्ष ओलीले राजनीति गर्नु भनेको धुम्म परेर बस्नु मात्रै नभई रमाउनु पनि राजनीति रहेको बताए । उनले जिन्दगीको एउटा मात्रै रङ र आयाम नहुने बताए । उनले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य आफूलाई धेरै मन पर्ने कलाकार भएको बताए ।

अध्यक्ष ओलीले सेन्सर बोर्डले चलचित्र देशको अहित हुने, साम्प्रदायिक विद्वेष भड्काउने खालका छन् भने मात्र रोक्न आवश्यक रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर