हवाई भाडाको विसंगतिको हस्तक्षेप ध्वजावाहकले मात्रै गर्नसक्छ : मन्त्री किराँती (भिडिओ) – Nepal Press

हवाई भाडाको विसंगतिको हस्तक्षेप ध्वजावाहकले मात्रै गर्नसक्छ : मन्त्री किराँती (भिडिओ)

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले हवाई भाडामा भएको विसंगतिको हस्तक्षेप ध्वजावहकले मात्रै गर्नसक्ने बताएका छन् ।

सोमवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक विमानस्थल तर्फको टर्मिनल भवनहरुमा राखिएका पसलहरु र बोर्डिङ पास कक्षको अनुगमन गर्दै उनले यस्तो बताएका हन् । उनले टर्मिनल भवनहरुमा राखिएका सामग्री र हवाई टिकटको भाडा बढी लिएको जनगुनसो बढेपछि अनुगमन गर्नुपरेको बताए । उनले अुगमनका क्रममा सरकारले तोकेको भन्दा बढी भाडा नलिएको बताए । उनले उडानमा ढिला नगर्न निर्देशन दिए । लो रेटका टिकटहरु कम र हाइ रेटका टिकटहरु बढी बेचेको पाएकाले अबबाट लो रेटमा टिकट बढी बेच्न निर्देशन दिएको पनि बताए ।

‘सामग्रीहरु बढी मूल्यमा बिक्री गरिन्छ र टिकटमा पनि धेरै भाडा लिइन्छ भन्ने व्यापक जनगुनासो आएपछि त्यसैले हामीले सबै सरोकारवालासँग छलफल गरेका थियौँ । त्यहाँ सबै विषयमा छलफल गर्दा सरकारले नै तोकिदिएको रेट भन्दा माथि जाने त कसैलाई अधिकार छैन तर लो रेट र हाइ रेटको बीचमा बढी डिमाण्ड भएको बेलामा चलखेल हुनसक्ने भएकाले हाइ रेटमा बढी बेच्नुभएछ । आजदेखि हामीले भनेका छौँ । तपाईहरुले लो रेटका टिकटहरु बढी बेच्नुहोस् र हाइ रेट घटाउनुस् भनेका छौँ’, उनले भने, ‘जनताले गरेका गुनसा अब नआउन् भनेको छु । बजारमा देखिएको भाडाको विसंगतिको हस्तक्षेप ध्वजावाहकले मात्रै गर्नसक्छ । प्रतिष्पर्धामा सेवा दिएर आफ्नै जहाज भएपछि नियन्त्रण हुन्छ । अर्थमन्त्री, उद्योगमन्त्री र प्रधानमन्त्रीसँग बसेर अहिलेको आर्थिक समृद्धिको ठूलो पाटो भनेको पर्यटन हो, पर्यटन नआइ समृद्धि सम्भव छैन, पर्यटक चाहिने हो भने जहाजमा के सुविधा दिनसक्छौँ । त्यो गर्नुपर्छ । त्यसबारेमा छलफल गर्नुपर्छ ।’

मन्त्री किराँतीले पर्यटन बिना नेपालको समृद्धि सम्भव नरहेको भन्दै पर्यटक बढी भित्र्याउन उडानमा सुविधान दिनुपर्ने बताए ।


प्रतिक्रिया

One thought on “हवाई भाडाको विसंगतिको हस्तक्षेप ध्वजावाहकले मात्रै गर्नसक्छ : मन्त्री किराँती (भिडिओ)

  1. जसरी पनि जहाज किनेर खाउँला भनेर दाउ गरेको छ मन्त्रिले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर