आधुनिकताको नाममा घरेलु उद्योगका सामग्रीलाई हेलचेक्र्याँई नगरौं : राजेश हमाल (भिडिओ) – Nepal Press

आधुनिकताको नाममा घरेलु उद्योगका सामग्रीलाई हेलचेक्र्याँई नगरौं : राजेश हमाल (भिडिओ)

काठमाडौं । महानायक राजेश हमालले घरेलु उद्योगलाई बढावा दिनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रत्येक नागरिकले घरेलु उत्पादन र उद्योगलाई महत्व दिनुपर्ने बताए । उनले घरेलु उद्योग एउटा व्यवसाय मात्रै नभएको भन्दै यसले देश, संस्कृति र हाम्रो कलालाई प्रतिनिधित्व गर्ने बताए । उनले घरेलु उद्योग ओझेलमा पर्नु, लोप हुनु भनेको संस्कृति र कला लोप हुनु रहेको बताए । उनले पुर्खाको सीप, कलालाई प्रतिनिधित्व गर्ने घरेलु उद्योगका सामग्रीहरुलाई आधुनिकताको नाममा हेलचेक्राँई गरे समाजको लागि र परम्परागत संस्कृतिको लागि हानी पुग्ने बताए ।

उनले भने, ‘हामी प्रत्येक नागरिकले घरेलु उद्योगलाई बढावा दिनुपर्छ । घरेलु उद्योग, ह्याण्डिक्र्याप छ, यो खालि व्यवसाय मात्रै नभइ यसले देश, संस्कृति र हाम्रो कलालाई प्रतिनिधित्व गर्छ । यो ओझेलमा पर्नु, यो लोप हुनु भनेको संस्कृति र कला लोप हुनु हो । किनभने यसले पुर्खाको सीप, कलालाई प्रतिनिधित्व गर्छ । हामीले आधुनिकताको नाममा यसलाई हेलचेक्राँई गर्ने हो भने र आधुनिकताका सरसामानको पछि लाग्यौँ भने हाम्रो समाजको लागि र परम्परागत संस्कृतिको लागि हानी पुर्याउँछ ।’

महानायक हमालले नेपालका घरेलु उद्योगका सामग्रीहरुको महत्व करिव ४० वर्ष पहिला धेरै महत्वपूर्ण हुने गरेको र लोकप्रिय रहेको बताए । उनले नेपालका घरेलु उद्योगबाट उत्पादित सामग्रीहरु विश्व बजारमा ओझेलमा परेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *