कालापानी क्षेत्रमा मोदीको भ्रमणबारे सरकारले कूटनीतिक नोट पठाउनुपर्छ : कमल थापा (भिडिओ) – Nepal Press

कालापानी क्षेत्रमा मोदीको भ्रमणबारे सरकारले कूटनीतिक नोट पठाउनुपर्छ : कमल थापा (भिडिओ)

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालले नक्सामा समेटेको कालापानी क्षेत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणबारे सरकारले कूटनीतिक नोट पठाउनुपर्ने बताए ।

संविधान र कानूनले निषेध गरेको कार्यप्रति सरकार संवेदनशील नभएका कारण धार्मिक र सामाजिक सद्भाव बिग्रदै गएको उनको टिप्पणी थियो ।

सोमबार विराटनगर सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष थापाले धर्म परिवर्तन गराउने र गौ हत्याजस्ता संविधान र कानूनले निषेध गरेको कार्य भइरहेको प्रति सरकार संवेदनशील हुन नसक्दा धार्मिक र सामाजिक सद्भाव बिग्रँदै गएको बताए ।

सामाजिक, धार्मिक र जातीय सद्भाव कायम गराउन संविधान र कानूनको पूर्ण पालना गराउन सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ । थापाले समाजमा द्वन्द्व भड्काउन सक्ने स्थिति प्रति सबै पक्ष सचेत बन्नुपर्नेमा जोड दिए । थापाले प्रधानमन्त्रीले नै जातीय राज्य बनाउने अभिव्यक्ति दिनु गलत भएको टिप्पणी गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर