हमास आक्रमणलाई किन सेप्टेम्बर ११ काे घटना बताउँदैछ इजरायल ? – Nepal Press

हमास आक्रमणलाई किन सेप्टेम्बर ११ काे घटना बताउँदैछ इजरायल ?

गत साता इजरायलमा हमासद्वारा आक्रमण गरियो, जसमा एक हजारभन्दा बढी इजरायली र झण्डै एक दर्जन नेपालीलगायत अन्य मुलुकका नागरिकहरु पनि मारिए । अर्कोतिर त्यसपछि इजरायलले अहिलेसम्म प्यालेस्टाइनमा लगातार आक्रमण गरिरहेको छ । गाजा क्षेत्रमा मात्रै इजरायलको आक्रमणबाट झण्डै तीन हजार हताहत भैसकेका छन् । इजरायलले यो घटनालाई आफ्नो सेप्टेम्बर ११ भनेर वर्णन गरिरहेको छ ।

इजरायलको यो आशयप्रति विश्व जगत सतर्क हुनुपर्ने हुन्छ । किनभने सेप्टेम्बर ११ को घटना र यो घटनाबीच स्पष्ट भिन्नताहरू छन् । हमास एक वैश्विक जिहादी अर्थात मुसलमानी धर्म संगठन होइन । यो त एउटा राजनीतिक संगठन हो र यसको उद्देश्य भनेको विशुद्ध आफ्नो मुलुकको सीमारक्षा र आफ्नो क्षेत्र प्राप्त गर्ने र त्यसमाथि आफ्नो अधिकार प्राप्त गर्न बनेको राजनैतिक संगठन हो । हमासको घोषणापत्रको एक अंश मैले अघिल्लो लेख ‘इजरायल र प्यालेस्टाइन लडाइँको भित्री रहस्य के हो ?’ मा उल्लेख गरेको छु । तर, अल कायदा विशुद्ध धार्मिक संगठन थियो र छ ।

प्यालेस्टाइनीहरूले आफैंले सात दशकदेखि इजरायलद्वारा धेरै प्रकारका सेप्टेम्बर ११ स्केलका आक्रमणहरू अनुभव गरिसकेका छन् । अर्थात सात दशकदेखि इजरायलले प्यालेस्टाइनी भूमिमा प्रत्यक्ष हमला गरिरहेको छ ।

२२ वर्ष पहिले न्यूयोर्क र वाशिंगटनमा भएका आक्रमणहरू अलकायदा विशुद्ध धार्मिक अतिवादीहरुद्वारा गरिएको थियो र त्यो आक्रमणपछि पश्चिमेली मुलुकहरु अझ विशेष गरी अमेरिकाले धेरै ठूलो अपराध र विपत्तिहरू निम्त्यायो । जसले जर्ज डब्लु बुश र टोनी ब्लेयरका लागि उनीहरूको परिभाषामा ‘आतंकवादविरुद्धको युद्ध’ सुरु गर्ने अवसर दियो । जसले अफगानिस्तान २० वर्षसम्म कब्जा गरे र त्यहाँको सम्पदा लुट्नेमात्र नभै लाखौंको संख्यामा देश छोड्न बाध्य बनाइए । त्यतिमात्र कहाँ हो र दशौं हजार मारिए । इराकमा अमेरिकाद्वारा गरेको रक्तपातपूर्ण आक्रमणबाट लाखौं मारिए । सद्दाम हुसेनलाई मारियो र पछि लिबियामा शासन परिवर्तन गराएर स्थिर राजनीतिबाट अस्थिर बनाए ।

२२ वर्ष पहिले न्यूयोर्क र वाशिंगटनमा भएका आक्रमणहरू अलकायदा विशुद्ध धार्मिक अतिवादीहरुद्वारा गरिएको थियो र त्यो आक्रमणपछि पश्चिमेली मुलुकहरु अझ विशेष गरी अमेरिकाले धेरै ठूलो अपराध र विपत्तिहरू निम्त्यायो । जसले जर्ज डब्लु बुश र टोनी ब्लेयरका लागि उनीहरूको परिभाषामा ‘आतंकवादविरुद्धको युद्ध’ सुरु गर्ने अवसर दियो ।

यमन र पश्चिम अफ्रिकाका केही भागहरूमा आतंकविरुद्धको युद्ध अझै पनि चलिरहेको छ । यसका पीडितहरू अहिले लाखौंमा छन् । यसले विश्वभर अस्थिरतामात्र होइन, विनाश ल्याएको छ । आतंकवादविरुद्धको युद्धले विश्वभर सेप्टेम्बर ११ को मूल आतंककारी हमलाहरूले भन्दा धेरै ठूलो विनाश गरेको छ । यो तीव्र इस्लामोफोबिया अमेरिका, युरोप र बेलायतलाई सुरक्षित राख्ने नाममा नागरिक स्वतन्त्रतालाई प्रतिबन्ध र अस्वीकार गर्ने चालका लागि पनि हरियो बत्ती बन्यो । इजरायलले प्यालेस्टाइनमाथि गरेका पछिल्ला धेरै आतंककारी हमलाहरूले प्रमाणित गरिसकेका छन् कि दुबै अस्तित्व मान्ने संयुक्त राष्ट्रसंघको भावनाविरुद्ध इजरायलले प्यालेस्टाइनलाई पेल्दै नलगेको भए यो अवस्था आउने नै थिएन ।

इजरायल र पश्चिमा शक्तिहरुले आज फेरि एक पटक उही विनाशकारी बाटो यात्रा गर्न गेयर लगाउन थालेका छन् । अझ अनौठो त के भने इजरायल र अमेरिकाले प्यालेस्टाइनबाट इजरायलमाथि भएको यो हमला इरानको भड्कावमा भएको हो भन्ने अपुष्ट समाचार प्रेसित गर्न थालेका छन् । त्यतिमात्र कहाँ हो र, हमासले षड्यन्त्र गरेको भन्दै इजरायल, अमेरिका, पश्चिमी राज्यहरुले यो आक्रमणविरुद्ध सेप्टेम्बर ११ का विरुद्ध एकजुट भए जस्तै एकजुट भएर प्यालेस्टाइनविरुद्ध जाइलाग्नु पर्छ भन्ने माग गरिरहेका छन् । ताकि इरान, सिरिया, जोर्डन अर्थात प्यालेस्टाइनका छिमेकी राष्ट्रहरुलाई विनाश गर्न सकियोस् ।

यदि त्यस्तो भयो भने निश्चित रूपमा लगभग मध्य पूर्व र त्यस बाहिरका केही मुलुक अराजकतामा डुब्ने र विनाशकारी युद्ध सुरु हुनेछ । बेलायती गृहमन्त्री सुएला ब्रेभरम्यानका अनुसार बेलायत र युरोपमा केही परिस्थितिहरूमा प्यालेस्टाइन झण्डा फहराउन प्रतिबन्ध लगाउन र विशेषगरी प्यालेस्टाइन समर्थक नाराहरूलाई निषेध गर्ने भन्ने रहेको छ । यसले के जनाउँछ भने विरोधलाई अपराधीकरण गर्ने र सामान्यतया प्रदर्शन गर्ने अधिकारलाई प्रतिबन्ध लगाउने पश्चिमी एजेन्डा रहेको बुझ्न कठिन हुनेछैन र यसले विशेष गरी प्यालेस्टाइनविरोधी जनमत संकलन गर्न खोजिएको पनि बुझाउँछ, जसले पीडित मानिसहरूको अभिव्यक्ति स्वतन्त्रतालाई गैरकानूनी बनाउनेछ ।

अहिले भएको इजरायल र प्यालेस्टाइन संकटको जरामा टेकेर प्यालेस्टाइनी जनतालाई बेवास्ता गर्ने, उनीहरूलाई अझ दमन गर्ने र विश्वभरबाट हुने कुनै पनि प्रकारको प्यालेस्टाइनमाथि व्यवहारिक समर्थनलाई समेत रोक्न पश्चिमी शक्तिहरू लागिपरेका छन् । अहिले गाजामा सबैभन्दा माथि सेप्टेम्बर ११ को उदाहरण उचाल्दै इजरायलले प्यालेस्टाइनमाथि घृणित आक्रमण गर्न निर्देशन दिएको छ । यो निर्देशनलाई शक्तिराष्ट्रहरुले सामूहिक सजाय दिने नाममा समर्थन गरेका छन् । यदि यसो भयो भने मध्यपूर्वमा ठूलो संख्यामा मानव क्षति हुनेछ । यदि पश्चिमाहरुले यो निर्णय गरे भने पनि प्यालेस्टाइनी जनताको प्रतिरोध गर्ने इच्छा शक्ति तोड्न भने असम्भव हुनेछ ।

सेप्टेम्बर ११ को मार्ग भनेको थप द्वन्द्व र पीडाको राजमार्ग हो । प्यालेस्टाइनीहरूका लागि न्याय तब हुनेछ जब उनीहरुले आफ्नो मुलुकमा सुरक्षित भएर शान्तिपूर्ण वातावरणमा बस्न पाउनेछन् । दुबैतर्फबाट युद्धको अन्त अर्थात युद्धविराम एकमात्र उत्पादक मार्ग हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *