गठबन्धन भत्काउने षड्यन्त्र निस्तेज पार्‍यौं, अब ५ वर्ष नै चल्छ : प्रधानमन्त्री प्रचण्ड (भिडिओ) – Nepal Press

गठबन्धन भत्काउने षड्यन्त्र निस्तेज पार्‍यौं, अब ५ वर्ष नै चल्छ : प्रधानमन्त्री प्रचण्ड (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोशीबाट भएको गठबन्धन भत्काउने षड्यन्त्र निस्तेज पारेको दाबी गरेका छन् । चितवनको भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सरकारको जनप्रेमी काम देखेपछि अब कहिल्यै सत्तामा फर्किन पाइँदैन भन्ने लागेर केही विच्छिप्त भएको टिप्पणी गरे ।

उनले भने, ‘उनीहरू कसरी गठबन्धनलाई कमजोर पार्ने र उल्ट्याउने भनेर लागिरहेका छन् । यो गठबन्धन यसरी नै सुशासन र सामाजिक न्यायको पक्षमा लागिरहेपछि आत्तिएका छन् । अहिले कोशी प्रदेशमा जे राजनीतिक परिदृश्य देखियो, यही गठबन्धनले राम्रो गर्न खोजेको सहन नसकेर एकथरी मान्छे विछिप्त भएर यहाँ खेलर विभाजन ल्याउन सकिन्छ कि भनेर योजनाअनुसार अघि बढेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालासँग सहमति गरेपछि त्यो षड्यन्त्र निस्तेज पारिएको छ । अब यो गठबन्धन पूरै कार्यकाल चल्छ ।’

फरक प्रसंगमा उनले भारत, अमेरिका र चीनसँगको सम्बन्ध मजबुत बनाउनु भनेको नेपाललाई राजनीतिक स्थायित्व र विकासलाई गति दिने प्रक्रिया भएको पनि बताए ।


प्रतिक्रिया

2 thoughts on “गठबन्धन भत्काउने षड्यन्त्र निस्तेज पार्‍यौं, अब ५ वर्ष नै चल्छ : प्रधानमन्त्री प्रचण्ड (भिडिओ)

  1. दिल्लीको गुलाम बन्ने, सुन तस्करी गर्ने, देश लुटने, छोरी बुहारीलाई मोज गराउने भन्दा तिमीले गरेका के छौ र ५ वर्यको मन्त्र जप्छौ ? यो देश बिगार्ने र देश बेच्न तयार हुने देखि सावधान जनताहरू ।

  2. आङ्वोलाई मुख्यमन्त्री बनाउन देउवालाई लोभ देखाएर फकाउन खोजेको ओलि र शेखरले लात हानेर भिरबाट लडाईदिए । लाज नभएर चिसो पानीले नुहाउन गयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर