एमाले मधेशका पदाधिकारी सर्वसम्मत, सदस्यमा उम्मेदवारी दिन तछाडमछाड – Nepal Press

एमाले मधेशका पदाधिकारी सर्वसम्मत, सदस्यमा उम्मेदवारी दिन तछाडमछाड

जनकपुरधाम । नेकपा एमाले मधेश प्रदेश अधिवेशनबाट पदाधिकारी सर्वसम्मत चयन गरिएको छ । अध्यक्षमा चन्देश्वर मण्डल चयन भएका हुन् ।

उपाध्यक्षमा विचारी यादव (पर्सा), सचिवमा मनोज पौडेल (बारा), सह-सचिवमा आरती भण्डारी (रौतहट) र मोहम्मद कैस (धनुषा) सर्वसम्मत चयन भएको नेकपा एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोज यादवले जानकारी दिए ।

पदाधिकारीमा लगभग हिजै सहमति जुटेको थियो । तर, सचिवमा विवाद भएपछि शिवशंकर साह ‘हीरा’ को स्थानमा मनोजलाई ल्याएर सहमति जुटाइएको छ । शिवशंकरलाई अध्यक्षका लागि एमाले सचिव रघुवीर महासेठले अगाडि सारेका थिए । तर, उनी सचिवसमेत बन्न पाएनन् ।

पदाधिकारी सर्वसम्मत भएपनि निर्वाचन कार्यक्रम अनुसार प्रक्रिया पूरा गरी घोषणा गरिनेछ ।

सदस्यमा भने विवाद हुने देखिएको छ । अहिले सदस्य पदका लागि उम्मेदवारी दर्ता सुरू भएको छ । उम्मेदवारी दिन नेताहरूबीच तछाडमछाड देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर