प्रदीप पौडेल भन्छन्- अब सरकारसँग जनताको आश छैन – Nepal Press

प्रदीप पौडेल भन्छन्- अब सरकारसँग जनताको आश छैन

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकार महँगी नियन्त्रण गर्न असफल भएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारसँग जनताको आश पनि नभएको बताए ।

सांसद पौडेलले भने, ‘महँगीको बारेमा जति कुरा गरे पनि सरकारले नियन्त्रण गर्न सकेन । जनतामा खास आशा पनि छैन ।’

उनले पछिल्लो समय प्रविधिको माध्यमबाट हुने ठगी नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् ।

उनले भने, ‘ठगीको नयाँ धन्दा सुरु भएको छ । टिकटक फेसबुकलगायत सामाजिक सञ्जालमा सामान किन भनेर विज्ञापन गर्ने, अनलाइनको माध्यमबाट पैसा भुक्तानी गरेपछि सामान पनि प्राप्त नहुने एकाउन्ट बन्द हुने प्रवृत्ति बढेको छ । सरकारले यस्तो ठगीलाई नियन्त्रण गर्न सम्बन्धित निकायलाई सक्रिय बनाओस् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर