मधेश झरेर ओलीले भने- यति उर्वर देश आज मरुभूमिमा जीवन खोज्न कुदिराख्याछ – Nepal Press

मधेश झरेर ओलीले भने- यति उर्वर देश आज मरुभूमिमा जीवन खोज्न कुदिराख्याछ

‘एमाले सरकारमा नआएको भए भूकम्पपछिको पुनर्निर्माण हुँदैनथ्यो’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इजरायलमा रहेका नेपालीको उद्धार गर्न सरकारसँग माग गरेका छन्। एमालेको मधेश प्रदेशको अधिवेशलाई उद्घाट गर्दै निर्दोष युवाहरु इजरायलमा मारिनुपरेको बताए।

उनले भने, ‘यो देश गरिब हुनसक्ने देश होइन, यति उर्वर देश आज मरुभूमिमा जीवन खोज्न कुदिराख्याछ। आज निर्दोशमा हाम्रो युवाहरु मारिनुपरेको छ। सरकारले छिटो उद्धार गर्ने व्यवस्था गरोस्, राहत सुविधा उलपब्ध गराओस्, यतापट्टि सरकारको ध्यान जाओस्।’

उनले एमालेविरुद्ध चौतर्फि घेराबन्दी भएपनि दृढतापूर्वक एकताबद्ध भएर उभिएर अगाडि बढिरहेको जिकिर गरे। उनले एमालेले भूकम्पपछि आठ लाखभन्दा धेरै घरहरु बनाएर पीडितलाई हस्तान्तरण गरेको समेत बताए।

उनले भने, ‘त्यो एमालेबाहेक अरु कसैले गर्न सक्दैनथ्यो। ०७२ सालमा भइचालो गयो ०७४ सालसम्म हामीले ०७२ सालमा बनाएको कानून र आयोग भत्काउनेबाहेक त्यसपछि बनेको सरकारले गर्न सकेन। फेरि चुनावबाट एमाले सरकारमा आएपछि पुर्ननिर्माणको काम अगाडि बढ्यो।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर