नबिल सेक्यूरिटीजको सीइओमा सुरेश देवकोटा नियुक्त – Nepal Press

नबिल सेक्यूरिटीजको सीइओमा सुरेश देवकोटा नियुक्त

काठमाडौं । नबिल बैंक लिमिटेडको सहायक कम्पनी नबिल सेक्यूरिटीजको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा सुरेश देवकोटा नियुक्त भएका छन् ।

आइतबार सेक्यूरिटीजको सञ्चालक समितिले वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट सुरेश देवकोटालाई सीइओमा चार वर्षका लागि नियुक्त गरेको हो ।

दुई दशकदेखि बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका देवकोटा यसअघि बैंकको प्रमुख लगानी अधिकृतको रूपमा कार्यरत रहेका थिए । आफ्नो बैंकिङ करियर २०६२ सालमा नेपाल बैंक लिमिटेडबाट सुरु गरेका उनले १५ वर्ष लामो समय नेपाल बंगलादेश बैंकको अनुभव रहेको छ । नबिल बैंकले नेपाल बंगलादेश बैंकको प्राप्ति पश्चात् देवकोटाले प्रमुख लगानी अधिकृतको जिम्मेवारी पाएका थिए ।

त्यस्तै, व्यवसायिकरूपमा चार्टर्ड एकाउन्टेन्ट रहेका देवकोटा नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान)का पूर्व पार्षद् तथा नेपाल लेखामान बोर्डका पूर्व सदस्य समेत हुन् । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका उनी नेपाल ग्रामीण विकास बैंक, आईएमई जनरल इन्स्योरेन्स लगायतका संस्थाहरूमा सञ्चालक सदस्यको रूपमा पनि कार्य गरिसकेका छन् । वित्तीय क्षेत्र र पुँजी बजारमा विशेष दक्खल राख्ने उनको नेतृत्वमा नबिल सेक्यूरिटीजले उत्कृष्ट कार्यसम्पादन गर्ने विश्वास कम्पनीको सञ्चालक समितिले लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर