पूर्वअर्थमन्त्री विष्णु पौडेल भन्छन्- सरकारको टालटुले जवाफले अर्थतन्त्र सम्हालिने अवस्था छैन (भिडिओ) – Nepal Press

पूर्वअर्थमन्त्री विष्णु पौडेल भन्छन्- सरकारको टालटुले जवाफले अर्थतन्त्र सम्हालिने अवस्था छैन (भिडिओ)

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या र चुनौति सरकारको टालटुले जवाफले सुधार हुने अवस्था नभएको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले यस्तो बताए । उनले मुलुकको आर्थिक अवस्था चानेचुने अवस्थामा नभएको भन्दै सरकारले टालटुले जवाफले अर्थतन्त्र समालिन नसक्ने बताए । उनले अर्थतन्त्रको समग्र सल्यक्रिया गर्नसक्ने गरी उचित उपचारको प्रवन्ध सरकारले गर्न सक्नुपर्ने बताए ।

पूर्वअर्थमन्त्री पौडेलले समिति बैठकमा मुलुकको अर्थतन्त्रका विषयमा छलफल गर्ने बोलाउँदा अर्थमन्त्री आउनुपर्ने बताए । उनले मुलुकको अर्थतन्त्र र समितिमा अर्थमन्त्रालयले प्रस्तुत गरेको आर्थिक अवस्था मेला नखाएको बताए । उनले देशको अर्थतन्त्र मन्दीको अवस्थामा आएपनि अर्थमन्त्रालयले मन्दिको अवस्थालाई स्वीकार गर्न नसकेको बताए ।

उनले अर्थतन्त्र मन्दिमा गएको स्वीकार गर्न नसक्ने मन्त्रालयले अर्थतन्त्रका समस्या समाधान नगर्न सक्ने बताए । पौडेलले अर्थतन्त्र मन्दीमा गएको विषयमा सरकारले मौनता साधेको आरोप लगाए ।

उनले सरकारले अर्थतन्त्रको समस्यालाई बेवास्ता गरेर अर्थतन्त्र सुधार गर्न नसक्ने उल्लेख गरे । उनले अर्थतन्त्रमा देखिएका समस्या, चुनौती र कठिनाईहरु सम्बोधन नगरे अर्थतन्त्रमा उल्लेख्य सुधारहरु हुन नसक्ने बताए । उनले बजारमा मागमा कमि आएको र धेरै उद्योगहरु ५० प्रतिशत मात्रै उत्पादन गरिरहेको उल्लेख गरे ।

उनले मुलुकको राजस्व परिचालनको अवस्था अत्यन्तै चिन्ताजनक अवस्थामा रहेको बताए । उनले राजस्व सरकारको साधरण खर्च धान्न नसक्ने अवस्था पुगेको दाबी गरे । उनले राजस्व परिचालन भएन भनेर बजेटमार्फत अर्थमन्त्रीले राजश्वका दरमा गरेको हेरफेर संसदले पास गर्दा समेत केही परिवर्तन गरेपनि परिणाम आउन नसकेको बताए ।

यस्तो पौडेलको भनाइः

मुलुकको आर्थिक अवस्था चान्चुने अवस्थामा छैन । सरकारले टालटुल गरेर टालटुले जवाफले मुलुकको अर्थतन्त्र समालिने अवस्था छैन । अर्थतन्त्रको समग्र सल्यक्रिया गर्न सक्ने गरी उपचार गर्न सक्ने गरी उचित प्रवन्ध सहित समितिले बैठक आयोजना गर्नुपर्छ । समिति बैठकमा अर्थमन्त्री आउँछु भनेपछि आउनुपर्छ । मुलुकको अर्थतन्त्र र समितिमा अर्थ मन्त्रालयले प्रश्तुत गरेको आर्थिक अवस्था मेला खाएको छैन । हाम्रो देशको अर्थतन्त्र मन्दीको अवस्थामा आइपुगेको हो । अर्थमन्त्रालयले अर्थतन्त्र मन्दिको अवस्थामा पुगेको स्वीकार गर्न सकेन ।

स्वीकार गर्न नसक्ने मन्त्रालयले अर्थतन्त्रका समस्या समाधान खोज्छ कसरी ? बजेट प्रश्तुत हुँदै गर्दा मुलुकको अर्थतन्त्र मन्दीको अवस्थामा पुगेको थियो । अर्थतन्त्र मन्दिमा गएको विषयमा सरकारले मौनता साधेको छ । यो समस्यालाई बेवास्था गरेर अर्थतन्त्र सुधार गर्न सक्दैनौं । अर्थतन्त्रमा जुन प्रकारका चुनौतीहरु देखिएका छन् ।

समस्या, चुनौती र कठिनाईहरु सम्बोधन गर्नेगरी सरकारका उल्लेख्य सुधारहरु छैनन् । अर्थतन्त्र सुधार हुँदै गएको छ भन्ने कुरा विश्वास गर्नसक्ने अवस्था छैन । बजारमा मागमा कमी आएको छ । धेरै उद्योगहरु ५० प्रतिशत मात्रै उत्पादन गरिरहेका छन् । त्यसको प्रत्यक्ष प्रभाव रोजगारीमा परिरहेको छ ।

मुलुकको राजश्व परिचालनको अवस्था अत्यन्तै चिन्ताजनक अवस्थामा छ । राजश्व सरकारको साधरणखर्च धान्न नसक्ने अवस्था पुगेका छौं । राजस्व परिचालनमा मुलुक गम्भिर समस्यामा छ । राजश्व परिचालन भएन भनेर बजेटमार्फत अर्थमन्त्रीले राजश्वका दरमा गरेको हेरफेर संसदले पास गर्दा समेत केही परिवर्तन आउन नसक्नुु कारण के हो ?

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर