धनराजलाई ओलीको व्यंग्य- पितृले आएर भोट दिने कानूनमन्त्री कति पपुलर, बुथ कब्जा सदर गर्नेलाई न्यायाधीश उपहार (भिडिओ) – Nepal Press

धनराजलाई ओलीको व्यंग्य- पितृले आएर भोट दिने कानूनमन्त्री कति पपुलर, बुथ कब्जा सदर गर्नेलाई न्यायाधीश उपहार (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कानूनमन्त्री घनराज गुरुङलाई पितृले भोट हालेको भन्दै व्यंग्य गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै कानूनमन्त्रीले बुुथ कब्जा सदर गर्नेलाई न्यायाधीशको उपहार दिएको आरोप लगाए ।

उनले भने, ‘जित्नको लागि ९९ प्रतिशत मत खसालेको छ । ९९ प्रतिशत मत खस्छ काहीँ ? दश प्रतिशत खाडीमा छन् । केही मान्छेमाथि गए ती पनि मत खसाल्न आए । कति पपुलर पितृले पनि मत खसाले ।’

बुथ कब्जा गरेर भएको निर्वाचन धाँधलीरहित भनेर सिफारिसस गरेका निर्वाचन अधिकृतलाई न्यायाधीश बनाएको आरोप लगाए । उनले भने, ‘बुथ कब्जा गराउने अधिकृतलाई न्यायाधीशमा नियुक्त गरेर पुरस्कृत गरियो । अब ती न्यायाधीशबाट न्याय सम्पादन कस्तो होला । उनको त बानी नै छ । मरेका मान्छेले भोेट हाल्न पाइन्छ भन्ने ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर