‘मान्छे मारेर आममाफी पाइन्छ भने हामीलाई पनि हतियार देऊ, हत्यारासँग बदला लिन्छौं’ (भिडिओ) – Nepal Press

‘मान्छे मारेर आममाफी पाइन्छ भने हामीलाई पनि हतियार देऊ, हत्यारासँग बदला लिन्छौं’ (भिडिओ)

काठमाडौं । गुन्डा नाइके रिगल भनिने योग ढकालबाट मारिएका चेतन मानन्धरकी श्रीमती भारतीले मान्छे मारेर आममाफी पाउने भए बदला लिनका लागि आफूलाई हतियार दिन सरकारलाई आग्रह गरेकी छिन् ।

रिपोर्टस क्लबमा आयोजित कार्यक्रममा बोल्दै भारतीले भनिन्, ‘मान्छे मारेर आममाफी पाइन्छ भने हामीलाई पनि हतियार देऊ, हत्यारासँग बदला लिन्छौं ।’

रिगललाई राष्ट्रपतिले आममाफी दिएपछि भारती न्याय खोज्दै काठमाडौं आइपुगेकी हुन् ।

२०७२ सालमा नेपालगञ्जमा चेतनलाई रिगलकै योजनामा खुँडा प्रहार गरी हत्या भएको भन्दै अदालतले दोषी ठहर गरेको थियो । धरधरी आँशु झार्दै राष्ट्रपतिलाई भारतीले प्रश्न गरिन् , ‘मेरो ठाउँमा तपाईँको छोरी थिइन् भने के गर्नुहुन्थ्यो ?’

उनले वर्षौं लगाएर पाएको न्याय छिन्ने अधिकार राष्ट्रपतिलाई नभएको पनि बताइन् ।

‘वर्षौं लगाएर अड्डा अदालत धाएर पाएको न्यायको अर्थ के भयो र ?’, भारतीले भनिन् । उनले रिगललाई आम माफी दिइएपछि आफू पुरानै पीडामा फर्किएको बताइन् ।

‘ म विगत ८ वर्षदेखि डिप्रेसनको औषधी सेवन गरिरहेको छु । आम माफी दिइएपछि पुरानो घटना फेरि मेरो अगाडि झल्झली आइरहेको छ’, उनले भनिन्, ‘जेलभित्र जिम चलाएर बसेपनि कारागार भित्र छ भन्ने त थियो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *