अब अन्तर्वार्ताविनै हेभी गाडीको लाइसेन्स पाइने – Nepal Press

अब अन्तर्वार्ताविनै हेभी गाडीको लाइसेन्स पाइने

काठमाडौं । हेभी गाडीको चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल पास भएपछि हुने अन्तर्वार्ता हटाउने तयारी अघि बढाएको छ । ट्रायल पास गरेपछि दुःख दिने नियतले अन्तर्वार्ताको व्यवस्था गरिएको भन्दै आलोचना बढेपछि अन्तर्वार्ताको प्रावधान हटाउन लागिएको हो ।

हेभी गाडीको लाइसेन्स लिन सुरुमा लिखित परीक्षा दिनुपर्छ । त्यसपछि लाइट, मिनी र हेभी गाडीको लागि ट्रायल हुन्छ । हाल हेभी गाडीतर्फ लिखित र ट्रायल पास गरेपछि अन्तर्वार्ता पनि हुने व्यवस्था छ ।

ट्रायल पास भएपछि पनि यातायात कार्यालयहरुले आर्थिक चलखेल गर्ने गरेको पाइएपछि यातायात व्यवस्था विभागले उक्त अन्तर्वार्ता हटाउने तयारी अखघि बढाएको हो । विभागले अन्तरप्रदेशमा सार्वजनिक गाडी लैजाँदा काट्नुपर्ने पटके पनि सहज बनाउने भएको छ ।

विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले हेभी गाडीको लाइसेन्स निकाल्दा ट्रायल पास भएपछि अहिले व्यवस्था भइरहेको अन्तर्वार्ता हटाउन लागिएको बताए ।

उनले भने, ‘अहिले हेभी गाडीको लाइसेन्स लिँदा ट्रायल पास भएपछि अन्तर्वार्ता दिनुपर्ने व्यवस्था रहेछ । यो व्यवस्था हटाउन काम सुरु भइसकेको छ ।’

यस विषयमा यातायातमन्त्रीसँग छलफल भएर फाइल पनि पठाइसकेको उनले बताए ।

‘अन्तर्वार्ता सँगसँगै अन्तरप्रदेशमा सार्वजनिक यातायातले यात्रा गर्दा काट्ने गरेको पटके पनि व्यवस्थित बनाउने तयारी भइरहेको छ’, महानिर्देशक रिजालले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर