एकीकृत समाजवादीजस्तो वाम विकल्प र स्पष्ट लक्ष्य भएको पार्टी अरु हुन सक्दैन : घनश्याम भुसाल (भिडिओ) – Nepal Press

एकीकृत समाजवादीजस्तो वाम विकल्प र स्पष्ट लक्ष्य भएको पार्टी अरु हुन सक्दैन : घनश्याम भुसाल (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले आजको मुलुकको समस्या समाधान गर्नसक्ने सबैभन्दा स्पष्ट दिशा र कार्यक्रम भएको पार्टी नै आफ्नो भएको दाबी गरेका छन् ।

मेची-महाकाली समाजवादी जागरण यात्राबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अहिलेसम्मको उपलब्धिको रक्षा गर्दै अघि बढ्ने बताए ।

उनले भने, ‘जनताको अधिकारहरुको संरक्षण गर्दै अरु लोकतान्त्रिक समाजवादी शक्तिहरुसँग हातेमालो गर्दै मुलुकको समृद्धि र रुपान्तरणको सुनिश्चित गर्न लाग्छौं। एउटा लोकतान्त्रिक, बलियो र समावेशी पार्टी हामीले निर्माण गर्छौँ ।’

उनले अरु समाजवादी मोर्चाहरुसँग हातेमालो गर्दै मुलुकको वाम विकल्पको तयारीमा आफूहरु रहेको बताए । उपलब्धि रक्षाका लागि देशभक्त र लोकतान्त्रिक शक्तिहरुसँग पनि सहकार्य हुने बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर